Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय संसद् चुनावको तयारीका क्रममा देशभरि शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सशस्त्र फौजलाई विशेष निर्देशन दिएका छन् ।

आगामी फेब्रुअरीको मध्यमा हुने अपेक्षा गरिएको निर्वाचनलाई लक्षित गर्दै उनले सेनालाई व्यापक तयारीका साथ जिम्मेवारीपूर्वक खटिन आह्वान गरेका हुन् ।

शनिबार साँझ ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित उच्चस्तरीय बैठकमा उहाँले सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन र वायुसेनाका प्रमुख एयर चिफ मार्शल हसन महमुद खानसँग सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरेका थिए । सो बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार डा। खलीलुर रहमान पनि उपस्थित थिए ।

ढाका ट्रिब्युनका अनुसार प्राध्यापक युनुसले विगत १५ महिनादेखि राष्ट्रिय स्थिरता र कानून प्रवर्तनमा सेनाको उल्लेखनीय योगदानप्रति आभार व्यक्त गरे । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने सरकारको प्रतिबद्धतामाथि जोड दिँदै नागरिक प्रशासनसँग नजिकको सहकार्यमा सशस्त्र फौजले राष्ट्रव्यापी रूपमा सुरक्षित र सहज मतदान सुनिश्चित गर्नुपर्ने बताए ।

बैठकमा तीनै अङ्गका प्रमुखहरूले आफ्ना परिचालन योजनाबारे प्रमुख सल्लाहकारलाई जानकारी गराएका थिए । रिपोर्ट अनुसार देशभर करिब ९० हजार सेना, दुई हजार ५०० नौसेना र सयौँ वायुसेनाका जवानहरू चुनाव अवधिभर तैनाथ गरिने तयारी भइरहेको छ । प्रत्येक उपजिल्लामा सेनाको एक कम्पनी परिचालन गरिनेछ ।

सेना प्रमुखहरूले सो अवसरमा प्रमुख सल्लाहकारलाई नोभेम्बर २१ मा आयोजना हुने सशस्त्र सेना दिवस समारोहमा प्रमुख अतिथि रूपमा उपस्थित रहन निमन्त्रणा पनि दिएका छन् ।

यसअघि अक्टोबर २२ मा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आआरआई) का प्रतिनिधिहरूले प्रमुख सल्लाहकार युनुससँग भेट गरी सन् २०२६ को फेब्रुअरीमा हुने आगामी चुनावका लागि कम्तीमा १० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने योजना सार्वजनिक गरेका थिए ।

ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा भएको सो बैठकबारे एक्समा युनुसले लेखेका थिए, “बैठकमा भ्रमणकारी प्रतिनिधिमण्डलले चुनावपूर्वको वातावरण, आवश्यक सुधार र पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकहरूको भूमिकाबारे विस्तृत छलफल गरियो ।”

प्रतिनिधिमण्डलको नेतृत्व गरेका आइआरईका निर्देशक समितिका सदस्य क्रिस्टोफर जे। फस्नरले भने, “हामी फेब्रुअरीमा हुने निर्वाचनमा बलियो र विश्वसनीय अवलोकन सुनिश्चित गर्नेछौँ ।” उनका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति हिंसाको जोखिम घटाउने र जनस्तरमा निर्वाचनप्रतिको विश्वास बलियो बनाउने प्रमुख माध्यम हुनेछ ।

फस्नरले अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दै यसपटकको राजनीतिक वातावरणमा देखिएको सुधारको प्रशंसा गरे । उनले भने, “अघिल्लो निर्वाचनको अनुभवबाट हामी अहिले सकारात्मक र आशाजनक वातावरण देख्न सकिरहेका छौँ, जुन साँच्चै राम्रो महसुस हुन्छ । यसपटकको चुनाव विगतको भन्दा धेरै व्यवस्थित र पारदर्शी हुने सङ्केतहरू देखिएका छन् ।”

आाइआरआई टोलीमा वरिष्ठ विश्लेषक लिसा कर्टिस, सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटी (सिएनएएस) की इन्डो–प्यासिफिक सुरक्षा कार्यक्रम निर्देशक जेसिका किगन, आइआरआईका प्राविधिक विशेषज्ञ स्टीभ सिमा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) का कार्यक्रम निर्देशक जामी स्पिकरम्यान पनि सहभागी थिए ।

यसअघि अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि नै राष्ट्रिय संसद् निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू समयमै पूरा गर्न अनुरोध गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending