Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन

खबरडबली संवाददाता

ढाका । बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय संसद् चुनावको तयारीका क्रममा देशभरि शान्ति, सुरक्षा र स्थिरता कायम राख्न सशस्त्र फौजलाई विशेष निर्देशन दिएका छन् ।

आगामी फेब्रुअरीको मध्यमा हुने अपेक्षा गरिएको निर्वाचनलाई लक्षित गर्दै उनले सेनालाई व्यापक तयारीका साथ जिम्मेवारीपूर्वक खटिन आह्वान गरेका हुन् ।

शनिबार साँझ ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा आयोजित उच्चस्तरीय बैठकमा उहाँले सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन र वायुसेनाका प्रमुख एयर चिफ मार्शल हसन महमुद खानसँग सुरक्षा व्यवस्थाबारे विस्तृत छलफल गरेका थिए । सो बैठकमा राष्ट्रिय सुरक्षा सल्लाहकार डा। खलीलुर रहमान पनि उपस्थित थिए ।

ढाका ट्रिब्युनका अनुसार प्राध्यापक युनुसले विगत १५ महिनादेखि राष्ट्रिय स्थिरता र कानून प्रवर्तनमा सेनाको उल्लेखनीय योगदानप्रति आभार व्यक्त गरे । उनले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउने सरकारको प्रतिबद्धतामाथि जोड दिँदै नागरिक प्रशासनसँग नजिकको सहकार्यमा सशस्त्र फौजले राष्ट्रव्यापी रूपमा सुरक्षित र सहज मतदान सुनिश्चित गर्नुपर्ने बताए ।

बैठकमा तीनै अङ्गका प्रमुखहरूले आफ्ना परिचालन योजनाबारे प्रमुख सल्लाहकारलाई जानकारी गराएका थिए । रिपोर्ट अनुसार देशभर करिब ९० हजार सेना, दुई हजार ५०० नौसेना र सयौँ वायुसेनाका जवानहरू चुनाव अवधिभर तैनाथ गरिने तयारी भइरहेको छ । प्रत्येक उपजिल्लामा सेनाको एक कम्पनी परिचालन गरिनेछ ।

सेना प्रमुखहरूले सो अवसरमा प्रमुख सल्लाहकारलाई नोभेम्बर २१ मा आयोजना हुने सशस्त्र सेना दिवस समारोहमा प्रमुख अतिथि रूपमा उपस्थित रहन निमन्त्रणा पनि दिएका छन् ।

यसअघि अक्टोबर २२ मा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आआरआई) का प्रतिनिधिहरूले प्रमुख सल्लाहकार युनुससँग भेट गरी सन् २०२६ को फेब्रुअरीमा हुने आगामी चुनावका लागि कम्तीमा १० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक पठाउने योजना सार्वजनिक गरेका थिए ।

ढाकास्थित स्टेट गेस्ट हाउस जमुनामा भएको सो बैठकबारे एक्समा युनुसले लेखेका थिए, “बैठकमा भ्रमणकारी प्रतिनिधिमण्डलले चुनावपूर्वको वातावरण, आवश्यक सुधार र पारदर्शी तथा शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय तथा घरेलु पर्यवेक्षकहरूको भूमिकाबारे विस्तृत छलफल गरियो ।”

प्रतिनिधिमण्डलको नेतृत्व गरेका आइआरईका निर्देशक समितिका सदस्य क्रिस्टोफर जे। फस्नरले भने, “हामी फेब्रुअरीमा हुने निर्वाचनमा बलियो र विश्वसनीय अवलोकन सुनिश्चित गर्नेछौँ ।” उनका अनुसार अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति हिंसाको जोखिम घटाउने र जनस्तरमा निर्वाचनप्रतिको विश्वास बलियो बनाउने प्रमुख माध्यम हुनेछ ।

फस्नरले अघिल्ला निर्वाचनहरूसँग तुलना गर्दै यसपटकको राजनीतिक वातावरणमा देखिएको सुधारको प्रशंसा गरे । उनले भने, “अघिल्लो निर्वाचनको अनुभवबाट हामी अहिले सकारात्मक र आशाजनक वातावरण देख्न सकिरहेका छौँ, जुन साँच्चै राम्रो महसुस हुन्छ । यसपटकको चुनाव विगतको भन्दा धेरै व्यवस्थित र पारदर्शी हुने सङ्केतहरू देखिएका छन् ।”

आाइआरआई टोलीमा वरिष्ठ विश्लेषक लिसा कर्टिस, सेन्टर फर ए न्यु अमेरिकन सेक्युरिटी (सिएनएएस) की इन्डो–प्यासिफिक सुरक्षा कार्यक्रम निर्देशक जेसिका किगन, आइआरआईका प्राविधिक विशेषज्ञ स्टीभ सिमा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआई) का कार्यक्रम निर्देशक जामी स्पिकरम्यान पनि सहभागी थिए ।

यसअघि अगस्टमा प्रमुख सल्लाहकारको कार्यालयले निर्वाचन आयोगलाई पत्र पठाउँदै सन् २०२६ फेब्रुअरीमा रमजान सुरु हुनु अघि नै राष्ट्रिय संसद् निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू समयमै पूरा गर्न अनुरोध गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE