Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

नेपाली कम्युनिष्ट आन्दोलन गाेल बन्द बन्दै: माओवादी केन्द्र लगायतका पार्टीकाे १८ बुँदे एकता सहमति पत्र सार्वजनिक

चुनाव चिन्ह पांचकुने तारा हुने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलन गाेल बन्द बनाउँदै १८ बुँदे सहमति पत्रसहित माओवादी केन्द्रलगायतका पार्टीकाे  एकता सहमति पत्र सार्वजनिक भएकाे छ ।

पूंजीवादी जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको युगगत आवश्यकता भएको जनाइएको दाबी गर्दै  केन्द्रलगायतका पार्टीकाे एकता सहमति पत्र सार्वजनिक भएकाे हाे ।

उक्त पत्रमा हस्ताक्षर गर्नेहरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक ने.क.पा. (माओवादी केन्द्र), माधवकुमार नेपाल अध्यक्ष, ने.क.पा. (एकीकृत समाजवादी), महेन्द्रराय यादव अध्यक्ष, नेपाल समाजवादी पार्टी, राजु काकी, अध्यक्ष, ने.क.पा. (समाजवादी), सुवासराज काफ्ले अध्यक्ष, जनसमाजवादी पार्टी नेपाल, कर्णजित बुढाथोकी, अध्यक्ष, ने.क.पा. (माओवादी–समाजवादी), चिरन पुन, महासचिव, नेकपा, अध्यक्ष, ने.क.पा. (साम्यवादी) रहेका छन् ।

पत्रमा सबै पार्टीबीच एकता र कम्युनिष्ट एकीकरणको प्रक्रियालाई अगाडि बढाउन सहमति भएको जनाइएकाे छ । 

यी हुन सहमति भएका बुँदाहरु 

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त: माक्संवाद-लेनिनवाद हुनेछ ।
२. नेपाली क्रान्तिको कार्यक्रम: नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३. पार्टीको तात्कालिक कार्यनीति: पुजिवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ।
४. आन्दोलनकाे स्वरूप: आन्दाेलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
५. पार्टीको एकता राष्ट्रिय सम्मेलन: एकता प्रकृयामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिहरुको संयुक्त भेलाको रुपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ। एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरु गरिनेछ ।
६. एकता राष्ट्रिय महाधिवेशन: आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
७. केन्द्रीय समितिको गठन: एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
८. केन्द्रीय समिति भित्रको संरचना: केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
९. संयोजक र सहसंयोजक: केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।
१०. सहमति र समन्वय: एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
११. सबै तहको पार्टी पक्तिमा एकता समायोजन: सबै तहका पार्टी समितिहरू र जनसंगठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र सयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरुबाट रहने व्यवस्था गरिने छ ।
१२. दुई तहमा रहन सक्ने: कुनै पनि सदस्यहरु दुई तहको समितिमा रहन सक्ने छन् ।
१३. पार्टी समितिहरुको सञ्चालन: पाटी समितिहरुको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुने छ ।
१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम: पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निमर्माण गर्न कार्यदल गठन गरिने छ ।
१५. संगठनात्मक समायोजन: पार्टी समितिहरू र जनसंगठनहरूमा संगठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
१६. पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रुपमा रहने छन् ।
१७. पार्टीको नाम र चुनाव चिन्ह: पार्टीको नाम
रहने र चुनाव चिन्ह पांचकुने तारा हुने छ ।
१८. मतभेद समाधान: वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा
पुयाईने छ ।

याे एकताकाे लागि जारी गरिएकाे सहमित पत्रपछि नेपाली कम्युनिष्ट आन्दोलनलाई एकजुट हुने देखिएकाे छ । यो सहमति पत्रले राष्ट्रिय स्वाधीनता संरक्षण, सुशासन प्रवर्द्धन, सामाजिक न्याय स्थापना तथा आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकीकरणलाई आजको युगानुकूल आवश्यकता ठहरिएको उल्लेख गर्दछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: