Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बाँकेमा छ हजारभन्दा बढी सवारीसाधन कारबाही, ४९ लाख राजस्व सङ्कलन

खबरडबली संवाददाता

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । सोही अवधिमा ४९ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार साउनदेखि कात्तिकसम्म नियमविपरीत सञ्चालनमा रहेका ६ हजार ४२५ वटा सवारीसाधनलाई कारबाही गरिएको हो । यसबाट ४९ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए ।

“ट्राफिक प्रहरीको काम केवल कारबाही र राजस्व सङ्कलन गर्नु मात्रै होइन,” प्रमुख शाहीले भने, “हामीले जिल्लाका विभिन्न स्थानमा ट्राफिक सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै नागरिकलाई सचेत बनाइरहेका छौं ।”

उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ३५१ वटा सवारी दुर्घटना भएका छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ६४७ जना घाइते भएका छन् । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ३१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ती कार्यक्रममा ३० हजार ८७१ जना सहभागी भएका थिए ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले संयुक्त रूपमा सञ्चालन गरेको ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही अभियान’ अन्तर्गत पछिल्ला ९ दिनमा ३८ वटा यात्रुवाहक इभी गाडी र १९ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक जीवराज थापा क्षेत्रीका अनुसार कात्तिक ७ देखि १५ गतेसम्म सञ्चालन गरिएको सो अभियानमा नम्बर प्लेट परिवर्तन गरी यात्रु ओसारपसारमा संलग्न इभी गाडीहरू नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालय नेपालगन्ज पठाइएको हो ।

त्यसैगरी, स्वरूप परिवर्तन (मोडिफाइड) गरी ध्वनि प्रदूषण गर्ने १९ वटा मोटरसाइकल नियन्त्रणमा लिइ पुनः पुरानै अवस्थामा बनाउन निर्देशन दिइएको र जरिवाना गरी छोडिएको पनि उनले जानकारी दिए । प्रहरीका अनुसार स्वरूप परिवर्तन, ध्वनि प्रदूषण र होहल्ला गर्दै सडकमा गुड्ने मोटरसाइकलविरुद्ध हाल पनि संयुक्त अभियान सञ्चालन भइरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: