Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक, देशले तोड्यो आफ्नै गति रेकर्ड

खबरडबली संवाददाता

चीन । चीनले शनिबार उसको शेन्झाउ-२१ यानले सफल प्रक्षेपणपछि आफ्नै राष्ट्रिय रेकर्ड तोड्दै चीनको अन्तरिक्ष स्टेशनसँग अत्यन्त तीव्र गतिमा सफलतापूर्वक डक गरेको घोषणा गरेको छ ।

यो डकिङ प्रक्रिया चीनको अन्तरिक्ष इतिहासमा नयाँ उपलब्धिका रूपमा दर्ज भएको बताइएको छ । चीन म्यान्ड स्पेस एजेन्सीका अनुसार सम्पूर्ण डकिङ प्रक्रिया करिब साढे तीन घण्टा मात्र चलेको हो । यो अघिल्ला मिसनभन्दा तीन घण्टा छोटो हो ।

शेन्झाउ-२१ स्पेसक्राफ्ट उत्तरपश्चिमी चीनको जियुक्वान प्रक्षेपण केन्द्रबाट शुक्रबार राति स्थानीय समय अनुसार ११ः४४ बजे योजना अनुसार प्रक्षेपण गरिएको थियो । सफल डकपछि यानमा रहेका तीन जना अन्तरिक्ष यात्रीले अन्तरिक्ष स्टेशनको तियानहे कोर मोड्युलमा प्रवेश गर्ने कार्यक्रम छ ।

चालक दलमा पाइलट तथा मिसन कमान्डर झाङ लु रहेका छन् । उनि दुई वर्षअघि शेन्झाउ-१५ मिसनमार्फत पनि अन्तरिक्ष स्टेसन पुगिसकेका अनुभवी अन्तरिक्ष यात्री हुन् ।अन्य दुई सदस्य पहिलोपटक अन्तरिक्ष यात्रामा सहभागी भएका हुन् । ३२ वर्षीय इन्जिनियर वु फेई देशका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री हुन् ।झाङ होङ्झाङ पेलोड विशेषज्ञ हुन् ।जसले यसअघि नयाँ ऊर्जा र नयाँ सामग्रीमा अनुसन्धान गरेका थिए ।

झाङ लुले टोलीले तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा ताई-ची, बगैँचा सिँचाइ र कविताको माध्यमबाट ‘अन्तरिक्षलाई युटोपिया’ बनाउने लक्ष्य रहेको बताए । उनिहरू पनि अघिल्ला चालक दल झैँ झन्डै छ महिनासम्म अन्तरिक्षमा बस्नेछन् ।

अन्तरिक्षमा रहँदा चालक दलले जैव-प्रविधि, एयरोस्पेस चिकित्सा, सामग्री विज्ञान र अन्य विषयमा २७ वैज्ञानिक तथा अनुप्रयुक्त परियोजना सञ्चालन गर्ने योजना बनाएको छ । यस पटक पहिलो पटक चीनले आफ्नो अन्तरिक्ष स्टेशनमा मुसा पठाएको छ । दुई नर र दुई पोथी गरी कुल चार मुसालाई वजनहीनता र सीमित वातावरणले तिनीहरूको व्यवहार र अनुकूलन क्षमतामा कस्तो प्रभाव पार्छ भन्ने अध्ययनका लागि पठाइएको हो ।

चीन एकेडेमी अफ साइन्सका इन्जिनियर हान पेइका अनुसार यस अध्ययनले अन्तरिक्षमा साना स्तनपायी प्राणीको प्रजनन, अनुगमन तथा आपतकालीन प्रतिक्रियाको प्रविधि विकासमा मद्दत गर्नेछ ।” उनले भने, “मुसाको अन्तरिक्ष वातावरणमा अनुकूलन परिवर्तनको प्रारम्भिक मूल्याङ्कन हाम्रो भविष्यका जैविक अध्ययनका लागि अत्यन्त महत्वपूर्ण हुनेछ ।”

सिन्ह्वा समाचार एजेन्सीका अनुसार ६० दिनभन्दा बढी गहन प्रशिक्षणपछि ३०० उम्मेदवार मध्येबाट यी ‘स्पेस माइस’ छनोट गरिएको हो । चाइना नेसनल रेडियोका अनुसार यी मुसा पाँचदेखि सात दिनसम्म अन्तरिक्ष स्टेशनमा रहनेछन् र फर्कने क्रममा शेन्झाउ-२० यानमार्फत पृथ्वीमा ल्याइने छ ।

चीनको अन्तरिक्ष कार्यक्रम विगत दुई दशकदेखि देशको राष्ट्रिय गौरव र प्रविधिक उपलब्धिको प्रतीक बनेको छ । चीनले सन् २००३ मा पहिलो मानवयुक्त अन्तरिक्ष उडान सफलतापूर्वक सम्पन्न गर्दै पूर्व सोभियत सङ्घ र संयुक्त राज्य अमेरिकापछि यस्तो उपलब्धि हासिल गर्ने तेस्रो राष्ट्र बनेको थियो ।

चीन म्यान्ड स्पेस एजेन्सीका प्रवक्ता झाङ जिङ्बोले चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने अभियानका लागि अनुसन्धान तथा विकास कार्य सुचारुरूपमा अगाडि बढिरहेको जानकारी दिए । उनले भने, “सन् २०३० सम्ममा चन्द्रमामा चिनियाँ अन्तरिक्ष यात्री अवतरण गराउने हाम्रो लक्ष्य दृढ र स्थिर छ ।”

‘स्वर्गीय महल’ अर्थ लाग्ने तियाङ्गोङ पूर्णरूपमा चीनद्वारा निर्मित अन्तरिक्ष स्टेशन हो । अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट चीनलाई अलग गरिएपछि यो परियोजना चीनकै प्रयासले सम्पन्न गरिएको हो । देशको अन्तरिक्ष कार्यक्रम सत्तारूढ कम्युनिस्ट पार्टीको सैन्य शाखा, पिपुल्स लिबरेसन आर्मी (पिएलए) को निगरानीमा सञ्चालन हुँदै आएको छ ।

त्यसै गरी, पाकिस्तानसँगको सहकार्यमा चीनले हाल दुई जना पाकिस्तानी अन्तरिक्ष यात्री चयन गर्ने प्रक्रिया अघि बढाएको छ । तीमध्ये एक जना पेलोड विशेषज्ञका रूपमा छोटो अवधिको मिसनमा पठाइने तयारी भइरहेको छ, जसले चीनको अन्तरिक्ष स्टेशनमा प्रवेश गर्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीको रूपमा नयाँ अध्याय सुरु गर्नेछ । रासस/एपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: