Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कुलमान घिसिङले नयाँ दल दर्ता गर्ने तयारी, भोलिसम्म टुंगो लाग्ने

खबरडबली संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेका छन्। लामो राजनीतिक परामर्श र रणनीतिक छलफलपछि घिसिङले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने निष्कर्ष निकालेका हुन्।

मन्त्री घिसिङ निकट स्रोतका अनुसार, दल दर्ता गर्ने सम्बन्धमा **अन्तिम टुंगो आज (सोमबार) वा भोलि (मङ्गलबार)**सम्ममा लाग्नेछ। सुरुमा उनले कुनै अर्को व्यक्तिको नाममा दल दर्ता गरी आगामी प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व सम्हाल्ने योजना बनाएका थिए। सो अवधिमा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको नाममा दल दर्ता गर्ने प्रस्ताव समेत आएको थियो।

तर पछिल्ला दिनमा भएका आन्तरिक छलफल, विशेषगरी आइतबार बसेको निर्णायक बैठकपछि घिसिङले आफैंको नेतृत्वमा अहिले नै दल घोषणा गर्ने निष्कर्ष निकालेका छन्। स्रोतका अनुसार, पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तयारी भइरहेको छ।

पार्टीको नामका विषयमा अन्तिम निर्णय नहुँदा पनि ‘उज्यालो नेपाल’ र ‘नेपाल विकास दल’ जस्ता नामहरू छलफलमा रहेको बताइएको छ। घिसिङ स्वयं ‘उज्यालो नेपाल’ नाम र ‘बिजुलीको चिम’ चुनाव चिह्नप्रति सकारात्मक देखिएका छन्।

स्रोतका अनुसार, दल दर्ता भएपछि घिसिङलाई अध्यक्ष बनाइनेछ भने प्रारम्भिक संरचनामा सहभागी हुने सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइने योजना तयार गरिएको छ।

पछिल्ला महिनाहरूमा मन्त्री घिसिङले सरकारी जिम्मेवारीसँगै आफ्नो राजनीतिक भविष्यबारे परामर्श र गृहकार्य तीव्र पारेका छन्। ऊर्जा क्षेत्रमा लोकप्रिय छवि भएका उनले राजनीतिक विकल्पको खोजी गर्दै नयाँ दलमार्फत ‘विकास र सुशासन’ केन्द्रित राजनीति गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending