कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिको प्रयोग गर्दै गाउँमै आत्मनिर्भर किसानको सफल उदाहरण प्रस्तुत गरेका छन्।
अठार महिनाको कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउखेती गर्दै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। खर्च कटाएर उहाँले वर्षमा करिब १० लाख रुपैयाँ नाफा कमाउने गरेका छन्।
रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउ खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा तयार हुने र कन्या च्याउ २०–२५ दिनमा उत्पादन हुने बताउँछन्। पिँकी च्याउ पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यसको खेती स्थगित गरिएको छ।
उनका अनुसार बेमौसमी कन्या च्याउ महेन्द्रनगर र झलारी बजारमा प्रतिकिलो ३५० रुपैयाँमा र मौसमी समयमा १०० रुपैयाँमा बिक्री हुन्छ, भने मिल्की च्याउ प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुने गरेको छ। विवाह, भोजभतेर र चाडपर्वमा माग बढ्ने भएकाले हाल उहाँले मोटरसाइकलमार्फत माग अनुसार विभिन्न स्थानमा आपूर्ति गर्दै आएका छन्।
रानाले विसं २०७७ मा जेटिए अध्ययनकै क्रममा घरको गोठमा पराल उमालेर २५ डल्ला बनाएर पहिलोपटक च्याउखेती सुरु गरेका थिए। पहिलो वर्षको सफलतापछि बाँसको झुपडीमा ५०० डल्ला राखी उत्पादन विस्तार गरेपछि बजारमा सहज बिक्री हुँदै गएपछि व्यवसायिक रूप लिएको हो।
हाल उनीसँग फलामका छवटा हाइटेक टनेल छन्, जहाँ वर्षभर च्याउ उत्पादन हुन्छ। पराल काट्ने, उमाल्ने र सुकाउने कार्यमा आधुनिक मेसिन प्रयोग हुन्छ। केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि अधिकांश उपकरण आफ्नै लगानीबाट खरिद गरिएको उनको भनाइ छ।
‘आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च सबैमा बचत हुन्छ,’ रानाले भने, ‘बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ, त्यसका लागि अहिले इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने तयारीमा छु।’ हाल उनको च्याउखेतीमा करिब २० लाख रुपैयाँ बराबरको लगानी छ। भविष्यमा लगानी बढाएर डल्ले च्याउ उत्पादन सुरु गर्ने योजना बनाएका छन्।
रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताउँदै भने, ‘बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ, त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ।’
उनका अनुसार च्याउमा पनि रोगव्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ। विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलतामा पुर्याएको रानाको भनाइ छ। ‘च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ,’ रानाले भने, ‘कृषि निकायहरूले त्यसतर्फ ध्यान दिनुपर्छ।’
आफ्नै प्रयास र लगनशीलताले सफल भएका वीरबहादुर राना गाउँमै बस्दै आधुनिक प्रविधिबाट आत्मनिर्भर बन्न सकिने प्रेरक उदाहरण बनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...
पौष १६ गते, २०८२ - १८:११
काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश दिइएको छ । बु...
पौष १६ गते, २०८२ - १८:०७
पोखरा । महँगीको वर्तमान समयमा कास्कीको माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई मात्र ३० रुपैयाँमा एक छाक पोसिलो खाना खुवाउँदै आए...
पौष १६ गते, २०८२ - १८:०५
म्याग्दी । यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत...
पौष १६ गते, २०८२ - १८:०२
न्युयोर्क । अमेरिकी वामपन्थी युवा अग्रगामी जोहरान ममदानीले बुधबार न्युयोर्कको मेयर पदभार ग्रहण गर्न लागेका छन् । सन् २०२६ को मध्यरातमा ममदानीले संयुक्...
पौष १६ गते, २०८२ - १८:००
माली । माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका यात्रा प्रतिबन्धको प्रतिकार स्वरूप अमेरिकी नागरिकहरूको आफ्ना देशमा प्रवे...
पौष १६ गते, २०८२ - १७:५८
लिमा । पेरूमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले प...
पौष १६ गते, २०८२ - १७:५५
नोमपेन । दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो लडाइँ समाप्त भएको केही दिन पछि थाइल्यान्डले बुधबार १८ जना कम्बोडियन सैनिक...




प्रतिकृया लेख्नुहोस्: