Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

हाइटेक टनेलमा च्याउखेती गरेर वीरबहादुर रानाको वार्षिक १० लाख नाफा

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिको प्रयोग गर्दै गाउँमै आत्मनिर्भर किसानको सफल उदाहरण प्रस्तुत गरेका छन्।

अठार महिनाको कृषि (जेटिए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउखेती गर्दै वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। खर्च कटाएर उहाँले वर्षमा करिब १० लाख रुपैयाँ नाफा कमाउने गरेका छन्।

रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउ खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा तयार हुने र कन्या च्याउ २०–२५ दिनमा उत्पादन हुने बताउँछन्। पिँकी च्याउ पनि उत्पादन गरे पनि बजार अभावका कारण हाल त्यसको खेती स्थगित गरिएको छ।

उनका अनुसार बेमौसमी कन्या च्याउ महेन्द्रनगर र झलारी बजारमा प्रतिकिलो ३५० रुपैयाँमा र मौसमी समयमा १०० रुपैयाँमा बिक्री हुन्छ, भने मिल्की च्याउ प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुने गरेको छ। विवाह, भोजभतेर र चाडपर्वमा माग बढ्ने भएकाले हाल उहाँले मोटरसाइकलमार्फत माग अनुसार विभिन्न स्थानमा आपूर्ति गर्दै आएका छन्।

रानाले विसं २०७७ मा जेटिए अध्ययनकै क्रममा घरको गोठमा पराल उमालेर २५ डल्ला बनाएर पहिलोपटक च्याउखेती सुरु गरेका थिए। पहिलो वर्षको सफलतापछि बाँसको झुपडीमा ५०० डल्ला राखी उत्पादन विस्तार गरेपछि बजारमा सहज बिक्री हुँदै गएपछि व्यवसायिक रूप लिएको हो।

हाल उनीसँग फलामका छवटा हाइटेक टनेल छन्, जहाँ वर्षभर च्याउ उत्पादन हुन्छ। पराल काट्ने, उमाल्ने र सुकाउने कार्यमा आधुनिक मेसिन प्रयोग हुन्छ। केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि अधिकांश उपकरण आफ्नै लगानीबाट खरिद गरिएको उनको भनाइ छ।

‘आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च सबैमा बचत हुन्छ,’ रानाले भने, ‘बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ, त्यसका लागि अहिले इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने तयारीमा छु।’ हाल उनको च्याउखेतीमा करिब २० लाख रुपैयाँ बराबरको लगानी छ। भविष्यमा लगानी बढाएर डल्ले च्याउ उत्पादन सुरु गर्ने योजना बनाएका छन्।

रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताउँदै भने, ‘बीउ राम्रो भए उत्पादन बढी हुन्छ, कमसल बीउ भए फसल पनि कमजोर हुन्छ, त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ।’

उनका अनुसार च्याउमा पनि रोगव्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुन्छ। विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलतामा पुर्‍याएको रानाको भनाइ छ। ‘च्याउखेतीलाई अझै विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ,’ रानाले भने, ‘कृषि निकायहरूले त्यसतर्फ ध्यान दिनुपर्छ।’

आफ्नै प्रयास र लगनशीलताले सफल भएका वीरबहादुर राना गाउँमै बस्दै आधुनिक प्रविधिबाट आत्मनिर्भर बन्न सकिने प्रेरक उदाहरण बनेका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: