Khabar Dabali २९ कार्तिक २०८२ शुक्रबार | 14th November, 2025 Fri
Investment bank

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

फाइल फोटो
खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । 

अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनका अनुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । 

नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमतामध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण सुरु गर्ने तयारी गरेको छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको विद्युत् गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको वडाध्यक्ष पुनले जानकारी दिए ।

Laxmi sunrise bank
निर्माण भएका र निर्माणका क्रममा रहेका जलविद्युत् आयोजनाले नारच्याङको कायापलट भएको छ । भौतिक पूर्वाधार, सामाजिक, आर्थिक, कृषिलगायत समग्र विकासमा जलविद्युत् आयोजनाबाट महत्त्वपूर्ण योगदान भएको वडाध्यक्ष पुनले बताए ।   

“हामीले कल्पनासम्म नगरेको अक्करे भिर छिचोलेर गाडी गुडेका मात्र छैनन् घरघरमा रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ”, उनले भने, “अवसर र रोजगार खोज्दै सहरबजार, पसेका र विदेशिएकाहरु गाउँ फर्किन थालेका छन् । बसाइँसराइ रोकिएको छ ।”

गाउँमै प्राविधिक विषयको विद्यालय सञ्चालन, स्वास्थ्य संस्थाको भवन बनेका छन् । जलविद्युत् आयोजनाले निर्माण गरेको सडक, बेलिब्रिज र भवनलगायत पूर्वाधारले स्थानीयवासीलाई सुविधा पुगेको छ । जग्गाको मुआब्जा, व्यापार, कृषि, पशुपालन, होटल, रेष्टुरेन्ट, ठेक्कापट्टा, ढुवानी, यातायात व्यवसाय, शेयर लगानी र ज्याला मजदुरीबाट गाउँलेको आर्थिक हैसियत फेरिएको स्थानीय अगुवा तेज गुरुङले बताए । 

जलविद्युत् आयोजनाले सरकारलाई तिर्ने रोयल्टी (सलामी दस्तुर) मध्ये सङ्घीयले ५०, प्रदेश र पालिकालाई २५/२५ प्रतिशतका दरले बाँडफाँट हुने संवैधानिक व्यवस्था छ । नारच्याङमा रहेको प्रभा माविले हाइड्रो इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गरेको छ । 

म्रिस्तीखोला जलविद्युत् आयोजनाले विसं २०७१ कालीगण्डकी नदीमाथि बेलिब्रिज राखेपछि नारच्याङ सडक सञ्जालमा जोडिएको थियो । बेँसी र पटारको सिमानास्थित म्रिस्तीखोला र बाँधदेखि सुरुङमा जाने थप दुई वटा बेलिब्रिज बनाएको म्रिस्तीखोलाले फेदीसम्म १४ किलोमिटर सडक निर्माण गरेको छ । नीलगिरि खोला जलविद्युत् आयोजनाले छोटेपा हुँदै हुमखोलासम्म पहुँच मार्ग बनाएपछि सहज यातायात पहुँच भएपछि अन्नपूर्ण आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । 

रेलेखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माण भएपछि नारच्याङको बेंसीदेखि लेकगाउँ सडक सञ्जालमा जोडिएको वडा सदस्य श्याम पुर्जाले बताए । घलेम्दी र म्रिस्तीखोला जलविद्युत् आयोजनामा स्थानीयवासीले प्रभावित क्षेत्रको बासिन्दाका हिसाबले संस्थापक शेयर लगानी गरेका छन् । नीलगिरि पहिलो, दोस्रो र रेलेखोला जलविद्युत् आयोजनाको प्रवर्द्धकले शेयर निष्कासनको प्रक्रियामा छन् । 

कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा सबस्टेशन बनाएको छ । विसं २०७७ मा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनबाट हाल घलेम्दी, म्रिस्ती र थापाखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । 

म्याग्दीको अन्नपूर्ण–३ दाना र पर्वतको कुश्मा–२ खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन बनाएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा लगानीकर्ताको सक्रियता बढेको नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व उपाध्यक्षसमेत रहेका घलेम्दीखोलाका सञ्चालक प्रमोद श्रेष्ठले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन- तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

हेटौँडा । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् ।  बागमती प्रदेशसभा सचिवालय भवन...

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक ...

दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचना महानगरले भत्कायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरमा रहेको नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काले निर्माण गरेका संरचना...

‘विगतमा राजनीतिक हस्तक्षेपले विद्युत् बक्यौता असुली प्रभावित हुन्थ्यो, अब नयाँ चरणमा प्रवेश गर्‍यो’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विद्युत् बक्यौता असुली प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्।  सबै ...

कांग्रेस केन्द्रीय समिति बैठकले सकेन महाधिवेशनको विवाद सुल्झाउन, अब देउवालाई कुर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केपछि मात्रै महाधिवेशनसम्बन्धी विवादमा अन्तिम निर्णय लिने तयारी गरेको छ। स्वास्थ्य ...

२८ किस्तामा भुक्तानी बुझाउन थालेपछि उद्योगहरूमा विद्युत् आपूर्ति पुनः सुचारु

काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपभोग गर्ने तर प्रिमियम महसुल नतिर्ने उद्योगहरूले किस्ताबन्दी योजना स्वीकृत गरी पहिलो किस्ता तिरेपछि...

जसपा नेपालले दुई पदाधिकारी र ७ केन्द्रीय कार्यकारिणी सदस्य थप्यो

५ केन्द्रीय सदस्य पनि थपिए

हुम्लामा ४ दिनदेखि विद्युत् आपूर्ति बन्द

अदानचुली (हुम्ला) । सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकार भएको छ । सदरमुकामको एक मात्र हिल्दुम जलविद्युत् वितरण केन्द्रमा खराबी आएको र मर्मत हुन नसक्दा ...

पार्टीमा फर्किनेहरुलाई उचित जिम्मेवारी दिन्छौं : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताएका छन्।  ललितपुर, च्यालसस्थित एमाले केन्द्र...

‘सुम्निमा’मा नवअभिनेत्री सोल गुरुङ

काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छन् । बेलायतका विभिन्न शहरमा पहिलो चर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending