सियोल । उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्रप्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधन बहु–अङ्ग विफलताका कारण भएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जानकारी दिएको छ ।
किमले सन् १९९८ देखि २०१९ सम्म सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्बली) को प्रेसिडियमको अध्यक्षका रूपमा कार्य गरेका थिए । उक्त पदले उनलाई राष्ट्रको औपचारिक प्रमुखको रूपमा प्रतीकात्मक जिम्मेवारी प्रदान गरेको थियो । यद्यपि, वास्तविक सत्ता र निर्णय गर्ने अधिकार तत्कालीन नेता किम जोङ इल र पछि उनका छोरा, हालका सर्वोच्च नेता किम जोङ उनको हातमा केन्द्रित रहेको थियो ।
केसिएनएका अनुसार किम जोङ उनले ‘उनको निधनप्रति गहिरो शोक व्यक्त गर्न’ व्यक्तिगत रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दरबार भ्रमण गरी शोकाकुल परिवारलाई सान्त्वना दिएको समाचारमा उल्लेख छ । एक सार्वजनिक फोटोग्राफमा किम जोङ उन वरिष्ठ अधिकारीहरूबीच उभिदैँ काँचको कफिनभित्र राखिएका किम योङ नामको पार्थिव शरीरअगाडि मौन श्रद्धा व्यक्त गरिरहेको देखिन्छ ।
किम योङ नामले आफ्नो कार्यकालमा उत्तर कोरियाको कूटनीतिक छवि बाह्य रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेषगरी सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा उनले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उक्त अवसरमा दुई कोरियाबीच दशकौँपछि भएको दुर्लभ प्रत्यक्ष सम्पर्कका रूपमा हेरिएको थियो ।
त्यो ऐतिहासिक कार्यक्रममा दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले व्यापक रूपमा रिपोर्ट गर्दै किम योङ नामले दक्षिण कोरियाली उच्च अधिकारीहरूसँगको बैठकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई अगाडिको सम्माननीय सिट प्रदान गरेको उल्लेख गरेका थिए । यस कार्यले उनले सधैँ शीर्ष नेताको परिवारप्रति देखाएको निष्ठा र आदरको प्रतीकका रूपमा व्याख्या गरिएको थियो, जसका कारण उहाँ दशकौँसम्म उत्तर कोरियाको राजनीतिक संरचनामा स्थायित्वका साथ रहन सफल भए ।
सियोलस्थित एकीकरण मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै किमको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मन्त्री चुङ डोङ–युङले स्मरण गर्दै भने, “सन् २००५ र २०१८ मा प्योङयाङमा किम योङ नामसँग भएका भेटघाटहरू कोरियाली प्रायद्वीपमा शान्ति र आपसी समझदारीको दिशामा अर्थपूर्ण संवादका उदाहरण थिए ।”
मन्त्री चुङका अनुसार सन् २०१८ को प्योङचाङ शीतकालीन ओलम्पिकको अवसरमा किमको दक्षिण भ्रमणले ‘अन्तर–कोरियाली संवाद र सम्बन्ध सुधारको ढोका खोल्न उल्लेखनीय योगदान पुर्याएको’ थियो ।
उत्तर कोरियाको दीर्घकालीन कूटनीतिक अनुहार मानिने किम योङ नामको निधनले देशको राजनीतिक इतिहासमा एक युगको अन्त्य भएको टिप्पणी पर्यवेक्षकहरूले गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: