काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन–जी विद्रोहले अहङ्कारी सरकार ध्वस्त पारेकोमा खुशी व्यक्त गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित ‘खबरदारी’ कार्यक्रममा विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम जेन–जीले गरेकोमा धन्यवादी टिप्पणी गरेका थिए।
उनले भने, “अहङ्कारी सत्ता र संसद् दलालहरूको सत्तालाई ध्वस्त पारेकोमा धन्यवाद दिन चाहन्छु। हाम्रो आवाजलाई बेवास्ता गरियो र नेपालको संसद्लाई दलालहरूको स्वार्थमा प्रयोग गरियो — जुन इतिहासमा कहिल्यै नमेटिने किसिमले राष्ट्रघात हो।”
विप्लवले भ्रष्टाचार र दलालीका कारण देशभर अन्याय र असमानता फैलिएको भन्दै सरकारले ठेक्का–पट्टा र लुटपाटमा संलग्न रहेको आरोप लगाए। “हामीले त्यो पार लगाउन सकेनौँस सरकारले राज्यको बल र डण्डा प्रयोग गरेर दमन गर्यो। जेन–जीको विस्फोटले अहङ्कारयुक्त सरकारलाई ढाल्यो,” उनले थपे।
जनयुद्धमा रगत बगाएका व्यक्ति तथा शहीदप्रति गरिएको अपमानप्रति विप्लवले आफ्नो आक्रोश व्यक्त गरे। उनले भने कि संविधानमा गणतन्त्र लेखिएको भए तापनि ‘जनताको संविधान’ लेखिएको छैन।
पूर्वकालीन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध उठाएको आवाजलाई दबाउन प्रतिबन्ध लगाएको भन्दै विप्लवले आफूहरूलाई पनि राजनीतिक रूपमा लक्षित गरिएको बताए।
“हाम्रो लक्ष्य संविधानलाई पूर्णता दिनु र जनजाति, मधेसी र महिलाहरूलाई हक अधिकार दिलाउनु थियो। न्यायका लागि आवाज उठाउनुको साटो कम्युनिस्ट सरकार र पार्टीहरूले हामीमाथि दुई वर्षसम्म प्रतिबन्ध लगायो,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...



प्रतिकृया लेख्नुहोस्: