उदयपुर । बाँकेबाट सरुवा भई उदयपुर आएका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले जिल्लाको शान्ति–सुरक्षा अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
विहीबार जिल्लाका पत्रकारहरूसँगको भेटमा प्रजिअ जोशीले पछिल्ला दिनमा केही खलबलिएको शान्ति–सुरक्षालाई मजबुत बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए ।
‘राज्यले जहाँ जहाँ पठाउँछ, म जनताको सेवामा खटिन्छु,’ उनले भने, ‘अब उदयपुरका जनताको लागि नीति र विधिअनुसार काम गर्नेछु ।’
जोशीले शान्ति–सुरक्षा र विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना पत्रकारहरूसँग आदान–प्रदान गर्न आग्रह गर्दै भने, ‘तपाईंहरूले पाउनु भएका सूचनाहरू हामीसँग पनि साझा गर्नुभयो भने विपद् उद्धार र शान्ति–सुरक्षामा सहयोग पुग्छ ।’
उनले पत्रकारहरूको सुरक्षाप्रति समेत चिन्ता व्यक्त गर्दै आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताए । ‘जिल्लाका सम्पूर्ण नागरिकको सुरक्षा हाम्रो दायित्व हो, हामी त्यसका लागि पूर्ण तयारीमा छौं,’ प्रजिअ जोशीले थपे ।
उनले जिल्लामा बढ्दो लागूऔषध कारोबारप्रति पनि चिन्ता व्यक्त गर्दै यसविरुद्ध कडा कारबाही अघि बढाइने संकेत दिएका छन् ।
भेटका क्रममा पत्रकारहरूले जेनजी आन्दोलनपछिको शान्ति–सुरक्षाको अवस्थाबारे जानकारी दिँदै जिल्लामा ढुंगा, गिट्टी, बालुवा र काठ तस्करी बढेको विषयमा ध्यानाकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - २०:२२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन्...
पौष १५ गते, २०८२ - २०:१९
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उ...
पौष १५ गते, २०८२ - २०:१५
सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका–३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल ...
पौष १५ गते, २०८२ - १९:३९
भोजपुर । भेडा–बाख्रामा देखिने पिपिआर तथा बङ्गुरमा देखिने स्वाइन फिभर रोगको नियन्त्रण तथा उन्मूलनका लागि खोप अभियान सुरु गरिएको छ । जिल्लाभरका पशुपा...
पौष १५ गते, २०८२ - १९:३६
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट सरकारले हालसम्म दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल कृषकलाई वितरण गरेको छ । कृषि तथा पश...
पौष १५ गते, २०८२ - १९:३३
कास्की । सन् २०२५ बिदा हुँदैछ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा छ । पर्यटकीय राजधानी सहर पोखरा पनि यतिबेला नयाँ वर्षको स्वागतमा व्यग्र छ । रङ्ग...
पौष १५ गते, २०८२ - १९:३०
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका– १० स्थित लांघाली चोकमा मंगलबार दिउँसो सवारी दुर्घटना हुँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ। मंगलबार दिउँस...
पौष १५ गते, २०८२ - १९:२८
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् । आगमन एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने व...
पौष १५ गते, २०८२ - १९:२६
उदयपुर । उदयपुरमा जंगली हात्तीले गाउँ पसेर आतंक मच्चाउँदा झन्डै तीन लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केद...
पौष १५ गते, २०८२ - १९:२४
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी मधुवन नगरपालिका– २ की १७ वर्षीया विनिता परियारको मृत्यु भएको हो। ...




प्रतिकृया लेख्नुहोस्: