काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ।
सन् २०२४ को डिसेम्बरमा लामो समयदेखि चल्दै आएको शासन ढलेपछि असद परिवारसहित सिरियाबाट भागेर रुसको राजधानी मस्को पुगेका थिए। उनको पतनसँगै सिरियामा असद परिवारको पाँच दशकभन्दा लामो शासनको अन्त्य भएको थियो।
असदसँग सम्बन्धित सोही मुद्दामा अदालतले उनका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तमा राजनीतिक सुरक्षाका पूर्वप्रमुख आतेफ नजीबलाई पनि मृत्युदण्ड सुनाएको छ।
फैसला सुनाइँदा नजीबलाई अदालतभित्र पिँजडामा राखिएको थियो। उनलाई पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको जानाजानी हत्या तथा मृत्यु हुने गरी यातना दिएकोलगायतका अपराधमा दोषी ठहर गरिएको हो।
दाराबाट सुरु भएको थियो असदविरोधी विद्रोह
दक्षिणी सिरियाको दारा सहरलाई सन् २०११ मा असद शासनविरुद्ध सुरु भएको विद्रोहको प्रमुख सुरुवाती केन्द्रका रूपमा लिइन्छ।
सन् २०११ को मार्चमा सरकारविरोधी भित्ते लेख लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएपछि दारामा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलले प्रदर्शनमाथि बल प्रयोग गर्दै दमन गरेपछि असन्तुष्टि थप चर्किएको थियो।
दारामा सुरु भएको आन्दोलन क्रमश: सिरियाका अन्य क्षेत्रमा फैलिँदै गएपछि विद्रोहले ठूलो रूप लियो र अन्तत: देश गृहयुद्धमा फस्यो। वर्षौंसम्म चलेको उक्त युद्धमा लाखौँ मानिसको ज्यान गएको थियो।
पाँच दशकभन्दा लामो समय सिरियामा शासन गरेको असद परिवारको शासनकालमा भएका मानवअधिकार उल्लंघन तथा अन्य गम्भीर अपराधमा संलग्न अधिकारीमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षदेखि कानुनी कारबाही अघि बढाउन थालेको हो।
आतेफ नजीब त्यही प्रक्रियाअन्तर्गत मुद्दा चलाइएका उच्च तहका अधिकारीमध्ये एक हुन्।
नजीबमाथि दारा क्षेत्रमा असद शासनविरुद्धको आन्दोलन दबाउने क्रममा गम्भीर मानवअधिकार उल्लंघन तथा बालबालिकासहित सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लगाइएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...
श्रावण २६ गते, २०८३ - १५:३६
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका गतिविधि रोक्न माग गर्दै पठाएको पत्रमा सभापति गगनकुमार थापालाई ‘तत्काली...
श्रावण २६ गते, २०८३ - १५:०२
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद्को बैठक आह्वान गरेको छन् । शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनु...



प्रतिकृया लेख्नुहोस्: