काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन हुन नसके वर्तमान केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले सामूहिक रूपमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।
नेताहरूले महाधिवेशन समयमै सम्पन्न गर्न नसक्ने स्थिति सिर्जना भए त्यसको सम्पूर्ण राजनीतिक जिम्मेवारी नेतृत्वले मात्र नभई सिङ्गो केन्द्रीय कार्यसमितिले लिनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आज आयोजित “कांग्रेस १५औँ महाधिवेशन बृहत् दबाबमूलक भेला” मा सहभागी नेताहरूले पार्टीभित्र सुदृढ लोकतान्त्रिक अभ्यास र पारदर्शी नेतृत्वको आवश्यकता औंल्याउँदै नियमित महाधिवेशन पार्टीको आत्मा भएको टिप्पणी गरे । उनीहरूले विधानले तोकेको समयसीमा नाघ्दै गए कांग्रेस संगठन कमजोर हुँदै जाने चेतावनी पनि दिए ।
भेला कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति तथा पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा काठमाडौँ क्षेत्र नं. २ का पूर्वसभापति उपेन्द्र कार्की, वर्तमान क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतका नेताहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रको पुनःस्थापना र तदर्थ व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरे ।
नेताहरूले भने, “यदि मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन सम्पन्न गर्न नेतृत्व असफल हुन्छ भने, तत्काल केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गरियोस् र त्यसले महाधिवेशन सम्पन्न गर्ने तयारी गरोस् ।” उनीहरूले लामो समयदेखि पार्टीका विभिन्न तहमा नेतृत्व हस्तान्तरण नहुँदा युवापुस्तामा निराशा बढ्दै गएको र त्यसले संगठनलाई निष्क्रिय बनाइरहेको पनि उल्लेख गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यद्वय बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले युवाको नाममा २० वर्षदेखि तीन जना व्यक्तिको मात्र निरन्तर प्रतिनिधित्व भइरहेको प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गरे । उनीहरूले पार्टीमा आन्तरिक सुधार, नयाँ पुस्तालाई अवसर र संगठनभित्र नीतिगत स्पष्टता आवश्यक रहेको जोड पनि दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: