काठमाडौं । लामो समयदेखि विभाजन र असन्तुष्टिले कमजोर बनेका कम्युनिस्ट घटकहरू फेरि एउटै झण्डामुनि आउने प्रयासमा जुटेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य नौ साना समूह मिलेर गठन भएको नयाँ शक्ति ‘नेपाली कम्युनिस्ट पार्टी’ अब औपचारिक दर्ता प्रक्रियामा प्रवेश गर्न लागेको छ ।
दल दर्ताका लागि आवश्यक कागजात तयार पारिँदै गरेको र सकेसम्म आजै निर्वाचन आयोगमा निवेदन बुझाउने तयारी भइरहेको पार्टीका नेता रामकुमार भट्टराईले बताए । “यदि आज भ्याइएन भने आइतबारसम्म दर्ता हुन्छ,” भट्टराईले भने ।
नयाँ दल दर्ता भएपछि देशको वाम राजनीतिमा फेरि एकपटक ठूलो केन्द्र बन्ने अपेक्षा गरिएको छ । यसअघि विभिन्न नाम र झण्डाका कारण विभाजित रहेका माओवादी र समाजवादी समूहहरू यसपटक एउटै नाउँमा आउने सहमतिमा पुगेका छन् ।
दलले आफ्नो चुनाव चिन्हका रूपमा पाँचकुने तारा रोज्ने निर्णय गरेको छ । त्यसले वामपन्थी एकताको प्रतीकका रूपमा सन्देश दिने बताइएको छ ।
पार्टीभित्र संयोजक र सह–संयोजक रहने संरचना तय भएको छ, तर केन्द्रीय समिति कति ठूलो हुने भन्ने विषयमा अन्तिम टुंगो बाँकी छ । एकतामा सहभागी भएका सबै घटकका सदस्यहरू जोड्दा करिब १५ सयजना केन्द्रीय सदस्य बन्न सक्ने अनुमान छ ।
नेता बेदुराम भुसालका अनुसार एकता प्रक्रियामा सहभागी घटकहरूको विवरण संकलन भइरहेको छ । “कतिपय दल अझै छलफलमा छन्, नयाँ समूह थपिन सक्ने सम्भावना पनि छ,” उनले भने ।
नयाँ एकीकृत दलले पहिलो बैठकबाट सचिवालय गठन, विधान परिमार्जन र राजनीतिक मार्गदर्शन तय गर्न कार्यदल बनाउने तयारी गरेको छ ।
राजनीतिक विश्लेषकहरूको भनाइमा, पटक–पटक विभाजित हुँदै आएको वाम राजनीतिले अब “संघीयतापछि नयाँ एकता प्रयोग” सुरु गरेको छ । यो प्रयास सफल भए, वाम राजनीति फेरि निर्णायक भूमिकामा पुग्ने सम्भावना देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...
मंसिर २३ गते, २०८२ - ०६:५२
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...




प्रतिकृया लेख्नुहोस्: