Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

व्यवसायीलाई प्रधानमन्त्री कार्कीको आह्वान : डराउने होइन, आत्मविश्वासका साथ अघि बढौं

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्।

शुक्रबार आयोजित राष्ट्रिय आर्थिक बहस २।० मा निजी क्षेत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको आर्थिक सम्भावना र स्थायित्वका लागि सबै क्षेत्र एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।

‘म सबै उद्यमी, किसान र युवाहरूलाई आह्वान गर्न चाहन्छु— डराउने होइन, बरु आत्मविश्वासका साथ अगाडि बढ्नुहोस्,’ उनले भनिन्, ‘अब आशंका र भय पाल्ने बेला होइन, हातेमालो गरेर अघि बढ्ने बेला हो।’

प्रधानमन्त्री कार्कीले विभिन्न अध्ययनहरूले नेपालको आर्थिक वृद्धिदर बढ्ने र महँगी घट्ने संकेत दिएको उल्लेख गर्दै यसले सरकारको प्रयास सही दिशामा रहेको प्रमाणित गरेको बताइन्।

‘हामीले हिजोभन्दा राम्रो भोलि बनाउन एकजुट हुनुपर्छ,’ उनले जोड दिइन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारीबारे जानकारी दिँदै प्रधानमन्त्रीले भनिन्, ‘निर्वाचनमार्फत मुलुकलाई दिगो लोकतान्त्रिक प्रक्रियामा अघि बढाउँदै यहीँ नै गरी खान सकिन्छ भन्ने विश्वास जगाउँदैछौं। यसका लागि उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध छ।’

उनले निर्वाचनलाई सफल र स्वच्छ बनाउन निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक हुने पनि बताइन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महाधिवेशन उद्घाटनमा सभापति गगन थापा सहभागी हुने

चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादन बिक्री, केहीमा १० प्रतिशतसम्म छुट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending