चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।
सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा आज चितवन पुगेर महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
‘सभापतिज्यू आज चितवन जानुहुन्छ। रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ,’ कुइँकेलले बताएका छन्।
रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।
यसअघि थापाले रास्वपा र पार्टी सभापति रवि लामिछानेलाई महाधिवेशनको सफलताको शुभकामना दिएका थिए। उनले छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थन हासिल गर्दै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गरेको उल्लेख गरेका छन्।
‘तपाईंको नेतृत्वमा संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय छ,’ थापाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
उनले महाधिवेशनलाई विचार, संगठन र नीतिगत दृष्टिले पार्टीलाई अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
साथै, लोकतान्त्रिक मूल्य–मान्यता र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टी थप स्पष्ट, जवाफदेही र उत्तरदायी बन्न महाधिवेशनले नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १२:०४
चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आइतबार बिहान चितवन पुगेका...
आषाढ़ ७ गते, २०८३ - ११:४८
वासिङ्टन डिसी । अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ...
आषाढ़ ७ गते, २०८३ - ११:२३
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...
आषाढ़ ७ गते, २०८३ - ११:१२
चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...
आषाढ़ ७ गते, २०८३ - १०:५३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...



प्रतिकृया लेख्नुहोस्: