Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

कलंकी मन्दिरमा स्वास्थ्य शिविर र रक्तदानः धर्म र जनसेवा एकै ठाउँमा

खबरडबली संवाददाता

काठमाडौं ।राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानदेखि असामान्य चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिर प्राङ्गणमा विभिन्न उमेरका नागरिक स्वास्थ्य परीक्षणका लागि लामबद्ध थिए। अवसर थियो—कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २७औं वार्षिकोत्सव।

उक्त अवसरमा सो संस्थाले गीतापाञ्चायन कल्याणकारी समाजसँगको संयुक्त पहलमा बृहत् निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले गरे  उनले समुदायमा आधारित यस्ता स्वास्थ्यमूलक अभियानहरूले जनस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याउने बताए।

“राजधानीमा बस्ने धेरै नागरिकले नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति छ। घर–आँगनमै यस्ता शिविर सञ्चालन हुँदा समुदायका धेरै नागरिक लाभान्वित हुन सक्छन्,” उपमेयर डंगोलले भने ।

कार्यक्रममा वरिष्ठ समाजसेवी वीरबहादुर थापाले दुवै संस्थाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रशंसा गरेका थिए । उनले भने, “जनहितमा स्थापित यी संस्थाहरूले लाभका लागि होइन, सेवाको भावना लिएर काम गरिरहेका छन्। समाजमा चेतना जगाउने यस्ता अभियान निरन्तर हुनुपर्छ।”

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका अध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कल्याणकारी समाजका अध्यक्ष सुरेन्द्रकुमार दाहालले स्थानीयवासीका लागि यस्ता कार्यक्रमलाई नियमितरूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

स्वास्थ्य शिविरमा ६ सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा जनरल चेकअप, स्त्रीरोग, आँखा परीक्षण, साथै स्वास्थ्य परामर्श उपलब्ध गराइएको थियो।

नेत्र परीक्षणमा दृष्टि समस्या पत्ता लागेको बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको थियो भने आवश्यक औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो।

त्यसै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रगतदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा युवाहरू, स्थानीय व्यवसायी, र मन्दिर भक्तहरूको उत्साहपूर्ण सहभागिता थियो। संकलित रगत तत्कालीन आपतकालीन अवस्थाका बिरामीका लागि प्रयोग गरिने आयोजकले जानकारी दिए।

स्वास्थ्य शिविर सफल बनाउन जनस्वास्थ्य कार्यालय काठमाडौं, नेशनल अस्पताल कलंकी, र नेपाल नेत्रज्योति संघ त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेका थिए। डाक्टर, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको टोली बिहान ८ बजेदेखि साँझ १२ बजेसम्म निरन्तर सेवा प्रदान गर्दै उपस्थित थिए।

कार्यक्रमस्थलमा स्वास्थ्य परीक्षणका लागि आएका वृद्ध–वृद्धा, महिला र युवाहरूले लामो समयपछि समुदायमै यस्ता निःशुल्क स्वास्थ्य सेवा पाएको भन्दै खुशी व्यक्त गरे।

कलंकीका बासिन्दा सुन्दर थापाले भने, “मन्दिरमा पूजापाठसँगै जनसेवामूलक काम पनि हुँदा धार्मिक भावना र मानवीय जिम्मेवारी दुबै सँगसँगै अगाडि बढेको अनुभव भयो।”

संस्थाका अध्यक्ष अधिकारीले कलंकी मन्दिर संरक्षण संस्थाले धार्मिक संरक्षणका साथै समाज सुधार र जनस्वास्थ्यलाई प्राथमिकता दिइरहेको जानकारी दिए । “हामी कलंकीलाई केवल धार्मिक गन्तव्य होइन, सामाजिक चेतनाको केन्द्र बनाउन चाहन्छौं,” उनले भने।

कलंकी मन्दिरमा सम्पन्न स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमले धर्म र समाजसेवाको अद्भुत संगम प्रस्तुत गरेको छ। यसले न केवल स्थानीय स्वास्थ्य सुधारमा योगदान पुर्‍याएको छ, तर समुदायमा सामाजिक जिम्मेवारी र स्वयंसेवाको महत्व पनि बढाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौँमा ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, आइतबार थप सात केन्द्रबाट वितरण

काठमाडौँ । नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर खाना पकाउने ग्यास बिक्री–वितरण ...

जाजरकोटमा पहिरोले घर र टहरा बगायो, सात जना घाइते

सुर्खेत । जाजरकोटमा लगातारको वर्षापछि गएको पहिरोले भेरी नगरपालिका–२ रिसाङ र वडा नम्बर ३ स्यालामा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी सात जना घाइते भ...

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरे...

झरीमा दिनभर लाइन, ग्यास नपाएर रित्तो सिलिन्डर बोकेर फर्किए नागरिक

काठमाडौँ । खाना पकाउने ग्यासको अभावले एक महिनादेखि हैरान भएका उपभोक्ताले शनिबार झरीमा समेत घण्टौँ लाइन बसेर सास्ती बेहोर्नुपरेको छ । सरकारले विभिन्न स...

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु, आक्रोशित स्थानीयले गरे तोडफोड

झापा । झापा गाउँपालिका–४ स्थित वडा कार्यालय अगाडि हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले टि...

नेपाल–भारत सीमामा एकअर्काले भोगचलन गरेको जग्गा नापजाँच गरिने

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन् । दुवै देशका नागरिकले एकअर्काको भू...

कांग्रेस इतर समूहको भेला किन बन्यो ‘सम्मेलन’ ?

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई औपचारिक रूपमा ‘सम्मेलन’ मा परिणत गरेको छ । सुरुमा राष्ट्रिय भेलाका रूप...

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending