Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

माओवादीभित्रको मधेश विद्रोह : ‘संघीयताको मर्म’ विरुद्ध केन्द्रीय हस्तक्षेप ?

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशमा शनिबार भएको विश्वासको मत प्रक्रियाले नेकपा (माओवादी केन्द्र) भित्रको असन्तोषलाई सतहमा ल्याइदिएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि सदनमै राजीनामा घोषणा गरे, र त्यसको मूल कारण बने माओवादीका दुई सांसदको विद्रोह।

सांसद रहबर अंसारी र माला कर्णले आफ्नै दलको ह्वीप अस्वीकार गर्दै कुनै पनि सरकारलाई विश्वासको मत नदिने उद्घोष गरे। उनीहरूले यस्तो निर्णय पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रदेश राजनीतिमा बढ्दो नियन्त्रण र संघीयताको मर्ममाथिको अतिक्रमणको विरोधका रूपमा प्रस्तुत गरे।

‘यो सरकार काठमाडौंले बनाएको हो’ सदनमा बोल्दै सांसद रहबर अंसारीले आक्रोश पोखे “यो हामीले बनाएको सरकार होइन, यो काठमाडौंले बनाएको सरकार हो। नेताहरूको चरित्र बदलिएन।” उनले अझ भने, “म कुनै पनि सरकारलाई विश्वासको मत दिन्न। यहाँ १०७ मध्ये कसैसँग पनि नैतिक धरातल बाँकी छैन।”

सभामुखले माइक बन्द गरेपछि उनले विरोधका प्रतीकका रूपमा अनुहारमा मोसो दले र भने, “जनताले हाम्रो अनुहार कालो देखिरहेका छन्। जब जनताले गर्न सक्दैनन्, हामी आफैं गरौं।”

अंसारीको समर्थन गर्दै सांसद माला कर्णले भनिन्, “संघीयताको नाममा केन्द्रबाट आदेश चलाउने परिपाटी बन्द हुनुपर्छ। हाम्रो दल संघीयताको मर्म बुझ्न असमर्थ छ।”

केन्द्र–प्रदेशबीचको अधिकार संघर्ष

माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दल लामो समयदेखि नेतृत्व विवादले ग्रस्त रहँदै आएको छ।  २०७९ को चुनावपछि भरतप्रसाद साह दलका नेता बने पनि सांसदहरूको असन्तुष्टि बढ्दै गयो। गत वर्ष ९ मध्ये ६ सांसदले साहको कार्यशैलीप्रति असन्तोष जनाउँदै उपनेता युवराज भट्टराईलाई नयाँ नेता बनाउन माग गरेका थिए। तर, प्रचण्ड र मधेश इञ्चार्ज मातृकाप्रसाद यादवको जोडबलले साह पदमै टिके।

गत असोज १७ मा प्रचण्डले फेरि पत्र पठाएर साहलाई पुनः दलको नेता कायम गर्न निर्देशन दिएपछि असन्तुष्टि विस्फोटको रूपमा देखा पर्‍यो। एक सांसदका अनुसार, “प्रदेशका सांसदहरूलाई छलफलको अवसर नदिई काठमाडौंबाटै निर्णय थोपारियो। यही असन्तुष्टिले विद्रोहको रूप लियो।”

ह्वीप अस्वीकार र सरकारको पतन

मुख्यमन्त्री सोनलले विश्वासको मत लिने अघिल्लो दिन माओवादीले बैठक बोलाए पनि उपस्थित नहुँदा बैठक नै बस्न सकेन। दिउँसो ह्वाट्सएप ग्रुपमार्फत ह्वीप पठाइयो “सरकारलाई विश्वासको मत दिनुहोस्।” तर, अंसारी र कर्णले त्यसलाई नमान्दै मतदानमा सहभागी भएनन्।

यसको परिणामस्वरूप माओवादीका नौमध्ये दुई सांसदको अनुपस्थितिले सरकार ढल्न पुग्यो।

संघीयता र केन्द्रिय नियन्त्रणको बहस

मधेशको यो घटनाले संघीयतामाथिको व्यावहारिक चुनौतीलाई पुनः उजागर गरेको छ।संविधानले प्रदेशलाई स्वतन्त्र अधिकार दिएको भए पनि पार्टीभित्रका निर्णयहरू अझै केन्द्रबाटै नियंत्रित हुने प्रथाको आलोचना हुँदै आएको छ। राजनीतिक विश्लेषकहरू भन्छन्, “माओवादीले संघीयताको पक्षमा देश बनाएको दल हो। तर अहिले त्यसै दलभित्र संघीयताको आत्मा कुण्ठित भएको देखिन्छ।”

यसैबीच, प्रचण्डको नेतृत्वशैली र दलभित्रको सत्ताकेन्द्रित निर्णय पद्धतिबाट असन्तुष्ट सांसदहरूको विद्रोह आगामी प्रदेशहरूमा पनि फैलिन सक्ने संकेत देखिएको छ। संघीय अभ्यासका हिसाबले यो केवल मधेशको संकट होइन, दलभित्रको लोकतन्त्र र निर्णय प्रणालीको परीक्षण पनि हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि कालो मसी छर्केर दुर्व्यवहार

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ ।  ५-६ जनाको समूहमा आएको ...

सुनको मूल्य घट्यो, चाँदी बढ्यो,तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending