लमजुड। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित भएको छन् । शनिबार राति सदरमुकाम बेसीसहरमा सम्पन्न प्रतिष्ठानको २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनबाट तामाड अध्यक्षमा निर्विरोध निर्वाचित भएको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्षमा संगीता गुरुङ, सचिवमा चित्र दुरा, कोषाध्यक्षमा सुमन न्यौपाने, सह–सचिवमा सावित्री पोख्रेल, सह–कोषाध्यक्षमा राजकुमार गुरुङ ९राज० र प्रवक्तामा लक्ष्मी तामाङ निर्वाचित भएको छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरुमा कृष्ण वस्ती ९निक्की०, समिक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार निर्वाचित भएको छन् । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित अधिवेशन सम्पन्न गराउन प्रतिष्ठानको केन्द्रीय सदस्य गायिक सम्झना भण्डारी, लोकगायक राजु परियार, प्रदेश सदस्य टसबहादुर गुरुड, सल्लाहकार रेशमलाल श्रेष्ठ र पूर्व सचिव केदार बोहोराको पाँच सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।
अधिवेशन तथा वार्षिक साधारणसभामा स्रष्टा सम्मानअन्तर्गत ‘गाउँशहरमा लमजुङ दरबार’ गीतका गायिका उमा गुरुङ र ठाडोभाका गायक देउबहादुर दुराका नाति यमबहादुर दुरालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियार, नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, गायिका सम्झना भण्डारी र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अध्यक्ष अनुज अधिकारीले संयुक्त रुपमा स्रष्टाहरुलाई सम्मान गरेको थिए ।
कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायक राजु परियार, गायिका सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङलगायतका कलाकारको बेजोड प्रस्तुती रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १३:४३
काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिने तयारीमा रहेका छन्। अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा। उदयनारायण सिंहका अ...
श्रावण १२ गते, २०८३ - १३:३३
विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्...
श्रावण १२ गते, २०८३ - १३:२४
काठमाडौं । सार्वजनिक खरिद ऐनमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले संश...
श्रावण १२ गते, २०८३ - ११:५९
रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको म...
श्रावण १२ गते, २०८३ - ११:२७
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...
श्रावण १२ गते, २०८३ - ११:१०
दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...
श्रावण १२ गते, २०८३ - १०:५६
इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...
श्रावण १२ गते, २०८३ - १०:४७
हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...
श्रावण १२ गते, २०८३ - १०:३६
झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...



प्रतिकृया लेख्नुहोस्: