Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

भक्तपुरमा केन्द्रीय गोदाम घर तयार

खबरडबली संवाददाता

काठमाडौ‌ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।

नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गरे। भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ ।

सो अवसरमा चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले भने, “नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यहाँ आइपर्ने विपदका समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुसी छ । आगामी दिनमा पनि नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक पर्ने हरेक क्षेत्रमा साझेदारीका सम्भावनाको खोजी गर्न हामी तयार छौँ ।”

निमित्त कार्यकारी निर्देशक विडारीले चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर महत्वपूर्ण क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको बताए। उनले भने“ नेपालमा आइपर्ने जुनसुकै विपद पश्चात् पहिलो सहायता प्रदान गर्ने साझेदार निकाय चिनियाँ रेडक्रस सोसाइटी हो ।”

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले गोदामघर निर्माण लागि चिनियाँ रेडक्रस सोसाइटीले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चिनियाँ रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रसलाई प्रकोप व्यवस्थापन र अन्य क्षेत्रमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

सो अवसरमा यहाँस्थित चीनका राजदूत वाङ् सिन , चिनियाँ रेडक्रस सोसाइटी अन्तरराष्ट्रिय सहयोग विभागका निर्देशक हाई लीमान, चिनियाँ रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका निर्देशक सेई वेन्नन र नेपाल रेड्क्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारी, जुनियर तथा युवा रेडक्रस सर्कलका युवा स्वयंसेवकलगायत कर्मचारीकोे उपस्थिति रहेको थियो ।

यसैबीच, चिनियाँ रेडक्रस सोसाइटी अन्तर्गतको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको छ । उक्त भ्रमण टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइबार नै आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै दुवै संस्थाबीचको आपसी सहयोग, क्षमता विकास र आपत्कालीन तयारीका विषयमा छलफल गरेको थियो ।

टोलीले नेपाल रेडक्रसको केन्द्रीय कार्यालयस्थित केन्द्रीय तालिम तथा गतिविधि केन्द्रको अवलोकन गरी त्यहाँको पुनस् ‘डिजाइन’ र विकास योजनाबारे जानकारी लिएको थियो । त्यसपछि टोलीले भक्तपुरको केन्द्रीय गोदाम घरकोे भ्रमण गर्दै अवलोकन तथा भवन उद्घाटन समारोहमा सहभागी भएको थियो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending