काठमाडौँ । दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन।
सिंहदरबार, काठमाडौँ उपत्यका र सदरमुकाम आसपासका कार्यालयमा आवश्यकभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी थुपारिएको छ। स्थानीय तहमा भने कर्मचारी अभावमा गाउँ गाउँमा सेवा प्रवाहको समस्याले सेवाग्राहीले कर्मचारी खोज्दै हिँड्नुपर्ने बाध्यता छ।
सरकारले सुशासन कायम गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने, अनावश्यक जनशक्ति कटौती गरी खर्च कम गर्ने उद्देश्य राखेको छ तर अझै पनि सङ्घमा भद्दा दरबन्दीले कर्मचारी हातमा डायरी बोकेर वल्लो कोठा र पल्लो कोठा गर्छन्। स्थानीय तहमा कर्मचारी खोज्दै सेवाग्राही हिँड्नुपर्ने अवस्था अझै यथावत् छ।
प्रशासनविद् भने सङ्घमा भद्दा दरबन्दीले सुशासनको सट्टा सेवा झञ्झटिलो बनेको औँल्याउँछन्। दुर्गम गाउँपालिकाका वडा कार्यालयमा एक वडा सचिवले दुईदेखि तीन वटासम्म वडा कार्यालय हेर्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ।
प्रशासनविद् तथा नेपाल सरकारका पूर्वसचिव डा। गोपीकृष्ण खनालले सरकारले सङ्घीय कार्यालयमा अनावश्यक दरबन्दी बढाउँदा अहिले दुर्गममा कर्मचारी अभावले सेवा ठप्प छ भन्दै सुगमका कार्यालयमा बढी कर्मचारीले सेवा चुस्त हुन नसेको बताउनुभयो। उनले भने, ‘तीनै वटा तहमा समग्रमा हेर्दा कर्मचारी बढी होइन तर सुगमका कार्यालयमा अनावश्यक दरबन्दी र दुर्गममा दरबन्दी अनुसार नहुँदा कर्मचारी व्यवस्थापन कमजोर भएको छ।’
खनालका अनुसार पहिले ढिलोमा १० वर्षमा एक तह बढुवा हुन्थ्यो तर अहिले १५ वर्षसम्म पनि कर्मचारी बढुवा नहुँदा कर्मचारीलाई काठमाडौँमा मात्र बस्दा पनि बढुवाका लागि अङ्क पुग्ने भएपछि कर्मचारी दुर्गम जान छाडेका हुन्।
अहिले कर्मचारीलाई दुर्गम क्षेत्रमा सेवाका लागि जाँदा ‘इन्सेन्टिभ’ छैन। शक्तिको पहुँच वरिपरि घुम्नेहरू सधैँ सिंहदरबार बस्ने प्रवृत्ति अहिले पनि उत्तिकै छ। निश्चित समय दुर्गम नबसी कर्मचारीको सरुवा र बढुवा नहुने व्यवस्था अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा नै गर्नुपर्ने र सङ्घमा दरबन्दी नै घटाउन उहाँले सरकारलाई सुझाव दिए।
सिंहदरबारभित्र मात्र सबै निकायका हेर्ने हो भने अहिलेको भन्दा करिब आधाको सङ्ख्यामा कर्मचारी हुँदा पनि पुग्छ। १५ जना कर्मचारी हुँदा पुग्ने कार्यालयमा ६० जनासम्म छन्। अहिले पनि निजामती सेवा नियमावलीमा कर्मचारीलाई तीन महिनाभन्दा बढी काज दिन पाइँदैन तर पहुँचवालाहरू लामो समयसम्म पनि काजमा सुगमका कार्यालयमा बस्दै आएका छन्।
अर्का प्रशासनविद् तथा नेपाल सरकार पूर्वसचिव पूर्णचन्द्र भट्टराईले नयाँ पुस्ताको भावना अनुसार अहिले सेवा प्रवाह गर्न नसकेको बताए। उनका अनुसार अहिले पनि कृषि, पशु, इन्जिनियरिङलगायत प्राविधिकहरूले सिंहदरबारमा वार्षिक वित्तीय र भौतिक प्रगतिका नाममा ‘पावर प्वाइन्ट’ देखाएर मन्त्रीहरूलाई भुलाइरहेका छन्। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: