Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ओमानसँगको श्रम सम्झौतालाई अन्तिम रूप दिँदै सरकार

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारले ओमान सरकारबाट पठाइएको श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको छ । नेपाल र ओमानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्षपछि पहिलोपटक श्रम सम्झौता अन्तिम चरणमा पुगेको हो । 

दुबै देशबीच विसं २०३४ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री तथा श्रममन्त्री सुशीला कार्कीसमक्ष ओमानले पठाएको श्रम सम्झौतापत्र पेस गरेको छ । मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेका अनुसार प्रधानमन्त्रीले निर्णय गरेपछि सम्झौतामा हस्ताक्षर गर्न अनुमति लिनका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ ।

उनका अनुसार ओमानले नेपालबाट पठाइएको मसौदालाई स्वीकार गरेको जानकारी आएको छ । त्यसैले मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएपछि हस्ताक्षर प्रक्रियामा प्रवेश गर्ने तयारी छ । सरकारले स्वीकृति दिएपछि नेपालले ओमानसँग पत्राचार गर्ने र त्यसपछि ओमानले हस्ताक्षर गर्ने अधिकारी, मिति तथा स्थान तोक्नेछ ।

नेपाल र ओमानबीच श्रम सम्झौताको मसौदा २०७६ साल वैशाख २२ गते तयार गरिएको थियो । काठमाडौंमा भएको उच्चस्तरीय प्राविधिक बैठकले उक्त मसौदा तयार पार्दै शून्य लागतमा श्रमिक पठाउने सहमति जनाएको थियो ।

मन्त्रालयका अनुसार सम्झौतामा नेपाल र ओमान सरकारका जिम्मेवारी, रोजगारदाताका दायित्व र श्रमिकको सुरक्षा सम्बन्धी विषयहरू समावेश छन् । ओमानस्थित नेपाली दूतावासका अनुसार हाल ओमानमा करिब २५ देखि ३० हजार नेपाली श्रमिक कार्यरत छन् । घरेलु कामदारको रूपमा पठाउने औपचारिक अनुमति रोकिएको भए पनि कतिपय श्रमिक भ्रमण भिसामा युएई हुँदै ओमान पुगेका छन् ।

अघिल्ला वर्षहरूमा पटक–पटक श्रम सम्झौता गर्न प्रस्ताव आदानप्रदान भए पनि सहमति हुन सकेको थिएन । तर नेपाल सरकारको निरन्तर आग्रहपछि ओमानले यसपटक सम्झौतापत्र पठाएको हो ।

ओमानले घरेलु श्रमिक लैजान प्राथमिकता दिँदै आएको छ । सन् २०२३ मा ओमानले पारिश्रमिक संरक्षण प्रणाली, सामाजिक सुरक्षा कानुन, अनिवार्य स्वास्थ्य बीमा तथा श्रमिक अनुकूल कानुनी सुधारहरू लागू गरेको थियो । त्यसमध्ये श्रम विवादमा मुछिएका आप्रवासी श्रमिकलाई देशमा रहन पाउने, १८२ दिनसम्म बिदा पाउने, र दुई महिनाभन्दा बढी तलब नपाएमा रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, श्रम विवादको अन्तिम समाधान नहुँदासम्म रोजगारदाताले श्रमिकको खर्च बेहोर्नुपर्ने कानुनी प्रावधान पनि रहेको छ । नेपालले भने सम्झौतामा अस्पष्ट प्रावधानहरू स्पष्ट पार्ने, ओमान जाने क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने र चौबिसै घण्टा बीमा सुविधा सुनिश्चित गर्नुपर्ने जस्ता विषयमा जोड दिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: