Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

उदयपुर एक्स्पो– २०८२ माघमा हुने

खबरडबली संवाददाता

उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर एक्स्पो–२०८२’ आयोजना हुने भएको छ । 

‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग, व्यापार : उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक्स्पो आगामी माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने भएको हो ।

एक्स्पो त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा नदीकिनारको बसपार्कमा आयोजना गरिनेछ। महोत्सवलाई भव्य र आकर्षक बनाउन दुई महिनाअघि नै तयारी सुरु गरिसकिएको आयोजकले जनाएको छ। सञ्चार समितिका संयोजक सुखिलाल चौधरीका अनुसार एक्स्पोको मुख्य उद्देश्य स्थानीय व्यवसाय, उत्पादन र सेवाको प्रवर्द्धन गर्नुका साथै उदयपुरको मौलिक संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनु हो।

चौधरीका अनुसार यो एक्स्पो उदयपुरको आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई एकै मञ्चमा ल्याउने साझा प्रयास हो। स्थानीय उत्पादनको प्रदर्शन, व्यावसायिक अवसर र सांस्कृतिक झाँकीमार्फत उदयपुरको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। एक्स्पोमा सहभागीहरूका लागि यस वर्ष केही नयाँ र अनौठा आकर्षणहरू पनि थपिएका छन्। उदयपुरमै पहिलोपटक एसी अन्डरवाटर फिस टनेल र जलपरीको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्नेछ। साथै, स्थानीय मौलिक संस्कृतिका झाँकीहरू, परम्परागत नृत्य–संगीत र हस्तकलाका वस्तुहरूको प्रदर्शनी पनि गरिनेछ।

दैनिक उपभोग्य वस्तुहरू, घरेलु उत्पादन र कृषि सामग्रीका स्टलहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति, रमाइलो बाल उद्यान, सोनामी भाइरल पिङ, ‘आई फिल टावर’, झुला, डुंगा सयरजस्ता मनोरञ्जनका विशेष आकर्षणहरू रहने आयोजकले जनाएको छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार एक्स्पो सञ्चालनका लागि आवश्यक सबै अनुमति स्थानीय निकायबाट प्राप्त भइसकेको छ। ‘हामी अहिले अन्तिम तयारीको चरणमा छौँ । यो एक्स्पो उदयपुरका व्यवसायी, कृषक र सर्जक सबैका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ,’ अध्यक्ष भगतले भने।

उदयपुर एक्स्पो– २०८२’ले जिल्लाको आर्थिक विकास, पर्यटकीय आकर्षण र सांस्कृतिक परिचयलाई थप बलियो बनाउने बताइएको छ। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending