उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर एक्स्पो–२०८२’ आयोजना हुने भएको छ ।
‘कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग, व्यापार : उदयपुरको पहिचान, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक्स्पो आगामी माघ २३ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हुने भएको हो ।
एक्स्पो त्रियुगा नगरपालिका– ३ स्थित त्रियुगा नदीकिनारको बसपार्कमा आयोजना गरिनेछ। महोत्सवलाई भव्य र आकर्षक बनाउन दुई महिनाअघि नै तयारी सुरु गरिसकिएको आयोजकले जनाएको छ। सञ्चार समितिका संयोजक सुखिलाल चौधरीका अनुसार एक्स्पोको मुख्य उद्देश्य स्थानीय व्यवसाय, उत्पादन र सेवाको प्रवर्द्धन गर्नुका साथै उदयपुरको मौलिक संस्कृति र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउनु हो।
चौधरीका अनुसार यो एक्स्पो उदयपुरको आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधिहरूलाई एकै मञ्चमा ल्याउने साझा प्रयास हो। स्थानीय उत्पादनको प्रदर्शन, व्यावसायिक अवसर र सांस्कृतिक झाँकीमार्फत उदयपुरको सम्भावना उजागर गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। एक्स्पोमा सहभागीहरूका लागि यस वर्ष केही नयाँ र अनौठा आकर्षणहरू पनि थपिएका छन्। उदयपुरमै पहिलोपटक एसी अन्डरवाटर फिस टनेल र जलपरीको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्नेछ। साथै, स्थानीय मौलिक संस्कृतिका झाँकीहरू, परम्परागत नृत्य–संगीत र हस्तकलाका वस्तुहरूको प्रदर्शनी पनि गरिनेछ।
दैनिक उपभोग्य वस्तुहरू, घरेलु उत्पादन र कृषि सामग्रीका स्टलहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति, रमाइलो बाल उद्यान, सोनामी भाइरल पिङ, ‘आई फिल टावर’, झुला, डुंगा सयरजस्ता मनोरञ्जनका विशेष आकर्षणहरू रहने आयोजकले जनाएको छ। जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार एक्स्पो सञ्चालनका लागि आवश्यक सबै अनुमति स्थानीय निकायबाट प्राप्त भइसकेको छ। ‘हामी अहिले अन्तिम तयारीको चरणमा छौँ । यो एक्स्पो उदयपुरका व्यवसायी, कृषक र सर्जक सबैका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ,’ अध्यक्ष भगतले भने।
उदयपुर एक्स्पो– २०८२’ले जिल्लाको आर्थिक विकास, पर्यटकीय आकर्षण र सांस्कृतिक परिचयलाई थप बलियो बनाउने बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: