Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

संयोजक र सह–संयोजक बाहेकका पद तथा समिति टुंगो लाग्न बाँकी नै छ: नेपाली कम्युनिष्ट पार्टी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वामपन्थी दल तथा समूहहरूको संयुक्त प्रयासमा नयाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणको प्रक्रिया तीव्रगतिमा अघि बढिरहेको छ । 

वामपन्थी एकतालाई संस्थागत गर्ने उद्देश्यले भइरहेको यो अभियान पछिल्ला दिनमा थप सक्रिय बनेको छ ।
पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएका कागजातहरूबारे उत्पन्न भएका विभिन्न भ्रमहरू हटाउने र एकीकरण अभियानलाई दृढतापूर्वक अघि बढाउन सबै पक्षसँग अपील गरेको छ ।

सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले कार्तिक ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिन सम्बन्धित राजनीतिक दलहरूलाई निर्देशन दिएको थियो । आयोगकै सोही व्यवस्थापकीय दबाबका कारण नेकपाले आवश्यक कागजातहरू बुझाएको तर केही विवरणका बारेमा विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै पार्टीले स्पष्टिकरण दिएको हो ।

केन्द्रीय कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ,
“दल दर्ताको प्रयोजनका लागि आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।” 

वक्तव्यअनुसार, वर्तमान अवस्थामा पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति तथा अन्य संरचनाहरूको अन्तिम टुंगो पनि यही सहमतिमै निर्भर रहने जनाइएको छ ।

निर्वाचन व्यवस्थापनको समय दबाबका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको अस्थायी सूची मात्र बुझाइएको स्पष्ट पारिएको छ ।

साथै, कानुनअनुसार केन्द्रीय समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान पूरा गर्न तत्काल उपलब्ध १३ महिला नेतृहरूको नाम सूचीमा समावेश गरिएको जनाइएको छ । पार्टीले यो अलग संरचना नभई अस्थायी व्यवस्थामात्र भएको र विधानअनुसार आवश्यक संरचना एकीकरणपछि मात्रै औपचारिक रूपमा गठन हुने जनाएको छ ।

वक्तव्यमा भनिएको छ, “यो कुनै अलग संरचना होइन, विधानअनुसारको संरचना बनाउने कार्य बाँकी छ ।” नेकपाको केन्द्रीय कार्यालयले आयोगमा पेश गरिएको सूचीलाई अनावश्यक विवादमा नलेइ एकीकरणका बाँकी कार्यहरूमा ऊर्जा केन्द्रित गर्न सबैलाई आग्रह गरेको छ । वामपन्थी दलबीचको यो एकता प्रयासले राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाहित गरेको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन् ।

उता, निर्वाचन आयोगका अनुसार दर्ता म्याद नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले आवश्यक कागजातहरू बुझाइरहेका छन् । यसले आगामी चुनावी प्रतिस्पर्धा थप चहलपहलपूर्ण र रोचक बन्ने संकेत दिएको आयोगको भनाइ छ । यदि यो एकीकरण सफल भयो भने नेपाली वाम राजनीतिमा ठूलो मोड, नयाँ शक्तिकेन्द्र र शक्ति-सन्तुलनमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा दलभित्र तथा बाहिर दुवैतिर व्यक्त भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending