Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

संयोजक र सह–संयोजक बाहेकका पद तथा समिति टुंगो लाग्न बाँकी नै छ: नेपाली कम्युनिष्ट पार्टी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वामपन्थी दल तथा समूहहरूको संयुक्त प्रयासमा नयाँ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्माणको प्रक्रिया तीव्रगतिमा अघि बढिरहेको छ । 

वामपन्थी एकतालाई संस्थागत गर्ने उद्देश्यले भइरहेको यो अभियान पछिल्ला दिनमा थप सक्रिय बनेको छ ।
पार्टीको केन्द्रीय कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएका कागजातहरूबारे उत्पन्न भएका विभिन्न भ्रमहरू हटाउने र एकीकरण अभियानलाई दृढतापूर्वक अघि बढाउन सबै पक्षसँग अपील गरेको छ ।

सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले कार्तिक ३० गतेभित्र दल दर्ता गरी प्रमाणपत्र लिन सम्बन्धित राजनीतिक दलहरूलाई निर्देशन दिएको थियो । आयोगकै सोही व्यवस्थापकीय दबाबका कारण नेकपाले आवश्यक कागजातहरू बुझाएको तर केही विवरणका बारेमा विभिन्न प्रश्न उठिरहेको उल्लेख गर्दै पार्टीले स्पष्टिकरण दिएको हो ।

केन्द्रीय कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ,
“दल दर्ताको प्रयोजनका लागि आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध छ ।” 

वक्तव्यअनुसार, वर्तमान अवस्थामा पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समिति, स्थायी समिति तथा अन्य संरचनाहरूको अन्तिम टुंगो पनि यही सहमतिमै निर्भर रहने जनाइएको छ ।

निर्वाचन व्यवस्थापनको समय दबाबका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको अस्थायी सूची मात्र बुझाइएको स्पष्ट पारिएको छ ।

साथै, कानुनअनुसार केन्द्रीय समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य अनिवार्य राख्नुपर्ने प्रावधान पूरा गर्न तत्काल उपलब्ध १३ महिला नेतृहरूको नाम सूचीमा समावेश गरिएको जनाइएको छ । पार्टीले यो अलग संरचना नभई अस्थायी व्यवस्थामात्र भएको र विधानअनुसार आवश्यक संरचना एकीकरणपछि मात्रै औपचारिक रूपमा गठन हुने जनाएको छ ।

वक्तव्यमा भनिएको छ, “यो कुनै अलग संरचना होइन, विधानअनुसारको संरचना बनाउने कार्य बाँकी छ ।” नेकपाको केन्द्रीय कार्यालयले आयोगमा पेश गरिएको सूचीलाई अनावश्यक विवादमा नलेइ एकीकरणका बाँकी कार्यहरूमा ऊर्जा केन्द्रित गर्न सबैलाई आग्रह गरेको छ । वामपन्थी दलबीचको यो एकता प्रयासले राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाहित गरेको टिप्पणी विश्लेषकहरूले गरिरहेका छन् ।

उता, निर्वाचन आयोगका अनुसार दर्ता म्याद नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले आवश्यक कागजातहरू बुझाइरहेका छन् । यसले आगामी चुनावी प्रतिस्पर्धा थप चहलपहलपूर्ण र रोचक बन्ने संकेत दिएको आयोगको भनाइ छ । यदि यो एकीकरण सफल भयो भने नेपाली वाम राजनीतिमा ठूलो मोड, नयाँ शक्तिकेन्द्र र शक्ति-सन्तुलनमा महत्वपूर्ण प्रभाव पर्ने अपेक्षा दलभित्र तथा बाहिर दुवैतिर व्यक्त भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: