Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट पायाे दल दर्ताको प्रमाणपत्र

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न वामपन्थी दलहरूलाई एकीकृत गर्दै गठन गरिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ ले आज निर्वाचन आयोगबाट आधिकारिक दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत १० भन्दा बढी वामपन्थी समूहहरूलाई समेटेर तयार भएको यो नयाँ पार्टीले दल दर्तासँगै आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु गरेको छ ।

दल दर्ता प्रमाणपत्र प्राप्त गर्ने क्रममा पार्टीका वरिष्ठ नेताहरू राजेन्द्र पाण्डे, लीलामणि पोखरेल लगायतको टोली निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगिएको थियो । आयोगमा आवश्यक कागजातहरू समयमै बुझाइएकाले दर्ता प्रक्रिया सहज रूपमा सम्पन्न भएको बताइएको छ ।

एकीकृत पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दर्ता प्रमाणपत्र प्राप्त भएपछि एकीकरण अभियानलाई अझ सुदृढ रूपमा अगाडि बढाइने उल्लेख गरेका छन् । उनका अनुसार देशभर छरिएका वामपन्थी शक्तिहरूलाई एउटै राजनीतिक ध्रुवमा ल्याउनु पार्टीको प्रमुख उद्देश्य हुनेछ ।

प्रचण्डले दल दर्तालाई ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै आगामी निर्वाचनमा पार्टीले बलियो शक्ति बनेर उदाउने दाबी पनि गरे । उनका अनुसार वामपन्थी दलबीचको एकता वैचारिक स्पष्टता, स्थिरता र जनताको विश्वास कायम गर्न जरुरी रहेको छ ।

नयाँ पार्टी दर्तासँगै देशको वाम राजनीतिमा नयाँ उर्जा र पुनर्संयोजनको सुरुआत भएको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ । पार्टीले आगामी दिनमा संगठन विस्तार, नीति–कार्यक्रम निर्माण तथा जनस्तरसम्म पुग्ने अभियानलाई तीव्र पार्ने तयारी गरेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इन्डोनेसियाको राजधानीमा आगलागीमा परी २२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आगो ...

मस्तिष्कघातका कारण बाराका अग्रज फोटो पत्रकार आलमको निधन

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको उपचारको क्रममा मंगलबार साँझ निधन भएको छ ।  बाराको परवानीपुर गाँउपालिका–३ लिपनीमाल निवासी ५५ बर्षीय...

उदयपुरमा दुई मोटरसाइकल आपसमा ठाेक्किँदा एकजनाको मृत्यु

उदयपुर । चौदण्डीगढी नगरपालिका–४ मा दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक व...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मै...

बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन

बैतडी ।  बैतडीमा चियाखेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ । यहाँको सुर्नया गाउँपालिकाका तीन वडाका उच्च क्षेत्रमा चियाखेतीका लागि प्रारम्भिक सम्भाव्य...

मधेशमा महिला हिंसा बढ्दै, छ महिनामा १४१ घटना दर्ता

जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।  महिला पुनर्स्थापना केन्द्र, ...

ओखलढुङ्गामा पशुचौपायालाई खोरेत विरुद्धको खोप

ओखलढुङ्गा । ओखलढुङ्गामा खोरेत रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानमार्फत एक महिनाको अवधिमा ३१ हजार ८१४ घरपालुवा पशुचौपायालाई खोप लगाइएको छ ।...

स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजदेखि आंशिक रूपमा सिंह...

नेकपामा ‘एकता समायोजन’ किन सुस्त ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पुसको पहिलो हप्तासम्म प्रदेश र जिल्लास्तरमा एकता समायोजन टुंग्याउने लक्ष्य राखे पनि प्रक्रिया अपे...

लमजुङका ३० मतदान स्थल अति संवेदनशील

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा १३० मतदान स्थल रहने भएको छ । उक्त मतदान स्थलमा १८६ मतदान केन्द्र रहने छन् । उक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending