Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

चिनियाँ राष्ट्रपति र थाई राजा बीच घनिष्ठ सम्बन्धको प्रतिबद्धता

खबरडबली संवाददाता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र थाइल्यान्डका राजा महा भाजिरालोङकोर्नले शुक्रबार ऐतिहासिक भ्रमणका क्रममा आफ्नो देशहरू बीच घनिष्ठ सम्बन्धको दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो भ्रमण थाई राजाको चीन भ्रमणको पहिलो पटक हो र दुवै देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो ।

सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनले बेइजिङको विशाल ग्रेट हल अफ द पिपुलमा राजा भाजिरालोङकोर्न र उनकी पत्नी रानी सुथिडालाई सम्मानपूर्वक अभिवादन गरे । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले चीन र थाइल्यान्डलाई ‘साँच्चै असल आफन्त, असल मित्र र असल साझेदार’ का रूपमा वर्णन गरे ।

सीले थाइल्यान्डबाट कृषि आयात बढाउन र रेलवे विकास, आर्टिफिसियल इन्टेलिजेन्स तथा एरोस्पेसजस्ता क्षेत्रमा सहयोगलाई प्रोत्साहन गर्न बेइजिङ उत्साहित रहेको बताए । राजा भाजिरालोङकोर्नले चीनसँगको आफ्नो देशको सम्बन्धलाई ‘भ्रातृ सहयोग’ का रूपमा व्याख्या गर्दै विभिन्न क्षेत्रमा आदान–प्रदानलाई अझ गहिरो बनाउने इच्छा व्यक्त गरे ।

भ्रमण कार्यक्रमअनुसार थाई राजपरिवारले बेइजिङस्थित बौद्ध मन्दिर, एयरोस्पेस विकास केन्द्र भ्रमण गर्नुका साथै राजकीय भोजमा भाग लिनेछन् । सन् २०१६ मा सिंहासनमा बसेका राजा भाजिरालोङकोर्नको यो चीन भ्रमण दोस्रो आधिकारिक विदेश भ्रमण हो । यसले चीनसँगको सम्बन्ध अझ न्यानो भएको सङ्केत दिन्छ ।

थाइल्यान्ड संयुक्त राज्य अमेरिकासँग आधिकारिक सैन्य सहयोगी भए पनि चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार र बढ्दो सैन्य उपकरणको स्रोत बनेको छ । हालैका वर्षहरूमा थाइल्यान्डमा चिनियाँ लगानी उल्लेखनीय रूपमा बढेको छ । विशेष गरी धेरै चिनियाँ कम्पनीले अमेरिकी भन्सार शुल्कबाट बच्न दक्षिणपूर्वी एसियामा उत्पादन सारिसकेका छन् ।

बेइजिङसँगको सहकार्य प्रदर्शनका क्रममा यस वर्षको सुरुमा थाई अधिकारीहरूले ४० उइघुर शरणार्थीलाई चीन फिर्ता पठाएका थिए, जसले अमेरिका लगायत अन्तर्राष्ट्रिय आलोचनाको सामना गरेको थियो । यस्तै चिनियाँ कूटनीतिज्ञको अनुरोधमा बैङ्ककमा आयोजना गरिएको प्रदर्शनीमा तिब्बती, उइघुर र हङकङका कलाकारहरूको कामहरू सेन्सर गरिएको थियो ।

थाइल्यान्ड र चीन बीचको रणनीतिक सहकार्यलाई बलियो बनाउन बेइजिङले दक्षिणपूर्वी एसियाली छिमेकीहरूलाई सीमापार साइबर घोटालाहरू विरुद्ध कारबाही गर्न दबाब दिँदै आएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: