जनकपुरधाम। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको जग्गा विवादका कारण हत्या भएको जिल्ला प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शुक्रबार साँझ नेकपा एमाले वडा कमिटी अध्यक्ष धर्मनाथ यादव र वडाध्यक्ष यादवबीच दीर्घकालीन जग्गा विवाद सम्बन्धी विवाद चर्किँदा घटनाक्रम हिंसात्मक बनेको हो। मृतक यादव २०७४ मा जसपाबाट, २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई पछि एमालेमा प्रवेश गरेका थिए। एकै पार्टी र नजिकैको घर हुँदा पनि उनीहरूबीच जग्गाको मुद्दाका कारण भने सम्बन्ध तनावपूर्ण थियो।
कसरी भयो घटना?
जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार उक्त दिन स्थानीय दुःखी यादवको मृत्यु संस्कारअन्तर्गत १० दिनको प्रसाद ग्रहण कार्यक्रम चलिरहेको थियो। त्यही क्रममा आपसी झैँझगडा सुरु भई एकजनामाथि कुटपिट भएपछि सम्पूर्ण भीड आक्रामक बनेको थियो।
त्यसपछि एमाले वडा अध्यक्ष धर्मनाथ यादव पक्षले गाउँका अन्य व्यक्तिलाई पनि जम्मा पारेर वडाध्यक्ष यादवमाथि सामूहिक आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आक्रमणमा लठ्ठी, भाँडाकुँडा प्रयोग गरिनुका साथै अन्ततः होम–मेड कटुवा पेस्तोलबाट छातीमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।
सहायक हवल्दारले चलाएका रहेछन् गोली
गोली प्रहार गर्ने व्यक्ति नेपाल प्रहरीका सहायक हवल्दार शम्भु यादव भएको प्रहरी खुलासा छ।
उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत रहेका र पाँच दिनको घर बिदामा आफ्नो गाउँ आएका रहेछन्। गोली चलाइएपछि वडाध्यक्ष यादवको घटनास्थलमै मृत्यु भएको SP कुँवरले बताए। घटनास्थलबाट पेस्तोल र गोली समेत बरामद गरिएको छ।
सहायक हवल्दार यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
कहाँबाट सुरु भयो विवाद ?
धर्मनाथ यादवको जग्गासम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन थियो। मुद्दा चलिरहेको जग्गामा वडाध्यक्षले घर निर्माण अनुमति दिएको भन्दै असन्तुष्टि थियो। त्यही विषयलाई लिएर दुवैबीच दीर्घकालीन तनाव थियो, जुन शुक्रबार हिंसामा परिणत भयो।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र समूहगत आक्रमण कसले समन्वय गर्यो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: