Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एमाले–एमालेबीच विवाद चर्किँदा गोली चल्यो, वडाध्यक्ष विन्देश्वर यादवको हत्या

खबरडबली संवाददाता

जनकपुरधाम। मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको जग्गा विवादका कारण हत्या भएको जिल्ला प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ नेकपा एमाले वडा कमिटी अध्यक्ष धर्मनाथ यादव र वडाध्यक्ष यादवबीच दीर्घकालीन जग्गा विवाद सम्बन्धी विवाद चर्किँदा घटनाक्रम हिंसात्मक बनेको हो। मृतक यादव २०७४ मा जसपाबाट, २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई पछि एमालेमा प्रवेश गरेका थिए। एकै पार्टी र नजिकैको घर हुँदा पनि उनीहरूबीच जग्गाको मुद्दाका कारण भने सम्बन्ध तनावपूर्ण थियो।

कसरी भयो घटना?

जिल्ला प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरका अनुसार उक्त दिन स्थानीय दुःखी यादवको मृत्यु संस्कारअन्तर्गत १० दिनको प्रसाद ग्रहण कार्यक्रम चलिरहेको थियो। त्यही क्रममा आपसी झैँझगडा सुरु भई एकजनामाथि कुटपिट भएपछि सम्पूर्ण भीड आक्रामक बनेको थियो।

त्यसपछि एमाले वडा अध्यक्ष धर्मनाथ यादव पक्षले गाउँका अन्य व्यक्तिलाई पनि जम्मा पारेर वडाध्यक्ष यादवमाथि सामूहिक आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आक्रमणमा लठ्ठी, भाँडाकुँडा प्रयोग गरिनुका साथै अन्ततः होम–मेड कटुवा पेस्तोलबाट छातीमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

सहायक हवल्दारले चलाएका रहेछन् गोली

गोली प्रहार गर्ने व्यक्ति नेपाल प्रहरीका सहायक हवल्दार शम्भु यादव भएको प्रहरी खुलासा छ।
उनी जिल्ला प्रहरी कार्यालय, सप्तरीमा कार्यरत रहेका र पाँच दिनको घर बिदामा आफ्नो गाउँ आएका रहेछन्। गोली चलाइएपछि वडाध्यक्ष यादवको घटनास्थलमै मृत्यु भएको SP कुँवरले बताए।  घटनास्थलबाट पेस्तोल र गोली समेत बरामद गरिएको छ।

सहायक हवल्दार यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

 कहाँबाट सुरु भयो विवाद ?

धर्मनाथ यादवको जग्गासम्बन्धी मुद्दा जिल्ला अदालतमा विचाराधीन थियो। मुद्दा चलिरहेको जग्गामा वडाध्यक्षले घर निर्माण अनुमति दिएको भन्दै असन्तुष्टि थियो। त्यही विषयलाई लिएर दुवैबीच दीर्घकालीन तनाव थियो, जुन शुक्रबार हिंसामा परिणत भयो।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र समूहगत आक्रमण कसले समन्वय गर्‍यो भन्नेबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...

प्लास्टिकको चामल’ फेला परेको हल्ला निराधार

उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँ  । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...

देउवामाथि अनुसन्धानको चर्चा, रावलको प्रतिवाद—‘दाइजोको सम्पत्ति हो’

काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...

प्रधानमन्त्रीको आधिकारिक तस्बिर संशोधन, चश्माको ब्रान्ड हटाइयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर केहीबेरको अन्तरालमै संशोधन गरी पुनः सार्वजनिक गरिएको छ। आज दिउँसो पहिलोपटक सार्वजनिक गरिएक...

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

 काठमाडौं । फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति “डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल” राखिने घोषणा गरिएको छ। उक्त घोषणा अमे...

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर न...

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी, एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प...

जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिन्छु भन्दै ९ लाख ठगी, श्रीमान श्रीमती पक्राउ

काठमाडौं । प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं...

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि...

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending