काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्रति गम्भीर चासो व्यक्त गरिएको छ।
बैठकमा नेता डा. रणबहादुर रावलले सम्पत्ति शुद्धीकरणको नाममा राजनीतिक षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्दै पार्टी पङ्क्तिलाई सचेत रहन आग्रह गरे। उनले देउवामाथि सम्पत्तिका विषयमा विभिन्न अफवाह फैलाइएको दाबी गरे।
“शेरबहादुर दाइको सम्पत्तिबारे धेरै भ्रम फैलाइएको छ। देउवा दाइको आफ्नै सम्पत्ति धेरै के नै छ र? भाउजूको नाममा रहेको सम्पत्ति पनि दाइजोको हो,” रावलले भने, “सम्पत्ति शुद्धीकरणको नाममा दुःख दिने प्रयास हुनसक्छ।”
उनले विगतमा पनि पार्टी नेतृत्वको घरमा आगलागी हुँदा ‘पैसा जलेको’ भन्ने अफवाह फैलाएर जनतामा भ्रम सिर्जना गरिएको र त्यसले चुनावी परिणाममा असर पारेको टिप्पणी गरे । गण्डकी प्रदेशसभा सदस्य सरस्वती आर्यााल तिवारीले पनि देउवाको घरमा नगद जलेको हल्ला फैलाएर कांग्रेसलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाइन्।
देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानबारे सम्बन्धित निकायले औपचारिक धारणा सार्वजनिक गरेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...
चैत्र १७ गते, २०८२ - १९:४६
उदयपुर । उदयपुरकाे त्रियुुगा नगरपालिका–९ रातमाटेमा बजारबाट किनेर ल्याएको चामल प्लास्टिकको भएको र पकाउँदा भकुण्डोजस्तो डल्लो बन्ने गरेको भन्ने हल्ला स्...
चैत्र १७ गते, २०८२ - १९:३९
तनहुँ । तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ । देवघाट गाउँपालिका–१ कोटाका शिवबहादुर गुरुङको मृत्यु भए...
चैत्र १७ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कांग्रेसको पूर्वसंस्थापन समूहको बैठकमा पूर्वसभापति शेर बहाहदुर देउवा माथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको भन्ने चर्चाप्...


प्रतिकृया लेख्नुहोस्: