बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पछार्दै १४ सदस्यीय कार्यसमितिमा अधिकांश पदमा विजयी भएको छ।
शुक्रबार राति सम्पन्न निर्वाचन परिणाम अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव र सदस्यहरूमा रास्वपाले निर्णायक जीत हासिल गरेको छ। अध्यक्षमा कृष्ण थापा ८८ मतसहित निर्वाचित भएका छन् भने गठबन्धनका नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मतमा रोकिएका छन्।
निर्वाचित पदाधिकारी र सदस्यहरूमा महिला र पुरुष सबै वर्ग समेटिएका छन्, जसले रास्वपाको व्यापक समर्थन र परिवर्तनशील मतदाताको मन जित्ने क्षमता देखाएको छ।
निर्वाचित सचिव मधुप्रसाद घिमिरे का अनुसार, “हामीले उपभोक्ताको संस्थामा दुई ठूला दलले सिन्डिकेट नगरी नेतृत्व चयनको प्रस्ताव राखेपछि प्रतिस्पर्धा गरेका थियौं। परिणामले मतदाताले परिवर्तन चाहेको स्पष्ट देखाउँछ।”
यसअघि बुटवलको नयाँगाउँ खानेपानी संस्थामा पनि रास्वपाले गठबन्धनलाई चुनौती दिएको थियो, जहाँ झिनो अन्तरले हारको सामना गरेको थियो। यसपटक भने रास्वपाको प्यानलले क्लिन स्वीप गर्दै सबै प्रमुख पदमा विजयी भएर आफ्नो दाबी पुष्टि गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ११:१७
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...
पौष १४ गते, २०८२ - ११:०८
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...
पौष १४ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
पौष १४ गते, २०८२ - १०:५९
काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...
पौष १४ गते, २०८२ - १०:१९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...
पौष १४ गते, २०८२ - १०:१६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...
पौष १३ गते, २०८२ - १७:०९
ललितपुर । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...
पौष १३ गते, २०८२ - १७:०१
इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे
पौष १३ गते, २०८२ - ११:२१
काठमाडौं । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...
पौष १३ गते, २०८२ - ११:१३
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...




प्रतिकृया लेख्नुहोस्: