Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उद्घाटन खेलमा साबिक विजेता जनकपुर काठमाडौंसँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा गत संस्करणको विजेता जनकपुर बोल्ट्स काठमाडौं गोर्खाज्ससँग पराजित भएको छ । 

तुलनात्मक रूपमा सहज लक्ष्य पाएको काठमाडौंले १२ बल बाँकी छँदै पाँच विकेटको उत्कृष्ट जित दर्ता गर्‍यो । टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रनको मात्र योगफल बनाउन सक्यो । बलियो सुरुआतका बाबजुद मध्यमक्रम धराशायी भएपछि टोलीले प्रतिस्पर्धात्मक स्कोर बनाउन संघर्ष गर्‍यो ।

जनकपुरका ओपनर आशिफ शेखले बलियो इनिङ खेले । उनले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै लिगको पहिलो अर्धशतक पूरा गरे । शेखले ५४ रन बनाए भने मयन यादवले अन्तिमसम्म टिक्दै नटआउट ३४ रनको उपयोगी योगदान दिए । त्यस्तै लाहिरु समरकोनले २२ रन जोडे । यद्यपि बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

इन्निङको सुरुआतमा अर्का ओपनर लाहिरु मिलन्थाले १२ बलमा ७ रन बनाए भने कप्तान अनिल साह शून्य रनमै पेभेलियन फर्किए, जसले टोलीको रन–रेटमा ठूलो असर पर्‍यो । बलिङतर्फ काठमाडौं गोर्खाज्सका मिलिन्द कुमार चम्किए । उनले तीखा स्पेल फाल्दै ३ विकेट निकाले । करण केसी, साहब आलम र सन्तोष यादवले पनि संयमित बलिङ गर्दै १–१ विकेट बटुले ।

लक्ष्य पछ्याउन उत्रिएको काठमाडौंले स्थिर सुरुआतका साथ निरन्तर रन बनाउँदै खेल आफ्नो पक्षमा मोड्यो । अन्त्यतिरको उत्कृष्ट हिटरले सहजै खेल सकिँदा टोलीले घरेलु दर्शक बीच विजयी सुरुआत गर्दै लिगको शुरुवातलाई धमाकेदार बनाएको छ ।

एनपीएल–२ को उद्घाटन खेलले दर्शकमा उत्साह र रोमाञ्च थपिएको छ । अब लिगको बाँकी खेलमा थप प्रतिस्पर्धा र रोमाञ्च हेर्न दर्शक निकै उत्सुक छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending