Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले साम्प्रदायिक तथा जातीय द्वन्द्वले सामाजिक सद्भाव, राष्ट्रिय एकता र क्षेत्रीय अखण्डतामा दीर्घकालीन असर पार्न सक्ने भन्दै राज्य यस विषयमा गम्भीर बन्नुपर्ने बताए।

उनले यस्ता घटनालाई राजनीतिक आरोप–प्रत्यारोपमा सीमित नगरी गहन छानबिनमार्फत वास्तविक कारण पहिचान गर्नुपर्नेमा जोड दिए। अफवाह, भीड परिचालन तथा सुरक्षा कमजोरीका कारण घटना उत्पन्न भएको भए त्यसको समेत तथ्यगत अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ।

विगतका घटनाबाट पाठ सिक्दै भविष्यमा हिंसा हुनुअघि नै जोखिम पहिचान र रोकथाम गर्न प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनले बताए।

सामाजिक सञ्जाल, दुष्प्रचार, कृत्रिम बुद्धिमत्ता र डीपफेक प्रविधिको प्रयोगबाट छोटो समयमै हिंसा भड्किन सक्ने अवस्था रहेको भन्दै थापाले त्यसलाई नियन्त्रण गर्न कानुनी संयन्त्रसहित डिजिटल जोखिम नियन्त्रण, सुरक्षा संयन्त्रको आधुनिकीकरण र एकीकृत सुरक्षा प्रणाली आवश्यक रहेको बताए।

थापाले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सबै समुदायका धर्मगुरु तथा सरोकारवालाको सहभागिता रहने गरी सर्वपक्षीय संयन्त्र गठन गर्न पनि प्रस्ताव गरे। त्यस्तो संयन्त्रमार्फत साम्प्रदायिक संवेदनशीलता र सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।

यसैगरी, सांसद थापाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको प्रमाण नेपालसँग रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई वीर पुर्खाको सम्मान, मातृभूमिप्रतिको प्रेम र राष्ट्रिय अखण्डताप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरे।

तर सीमा विवादलाई उत्तेजना वा द्वन्द्वको विषय बनाउन नहुने भन्दै उनले कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्नेमा जोड दिए।

सामाजिक सद्भाव, राष्ट्रिय एकता र मातृभूमिको अखण्डता जोगाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै थापाले सीमा तथा साम्प्रदायिक संवेदनशीलताका विषयमा राज्य थप गम्भीर र जिम्मेवार बन्नुपर्ने बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending