Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बागलुङको सुम्सागाउँका एक सय ३२ घरमा धारा छ, पानी आउँदैन

फाइल फोटो
खबरडबली संवाददाता

बागलुङ । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइयो । कालीगण्डकीको पानीलाई लिफ्ट मार्फत सो गाउँका  एक सय ३२ घरमा वितरण भएपछि स्थानीयवासी दङ्ग परे । तत्कालीन समयमा घरमै खानेपानीको धारा आउँदा खुसी बनेका सुम्सावासीको खुसी दुई वर्ष पनि टिकेन । 

लिफ्ट खानेपानीले निरन्तरता पाउन नसक्दा अहिले खानेपानीको हाहाकार छ । प्राविधिक गडबढी, बाढीपहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीको छ ।

लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दिगो नहुँदा आँगनमा धारा हुँदासमेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताइन् । उनले आँगनको धारामा असारयता पानी नआएको दुखेसो पोखिन् । 

“सुम्सामा खानेपानीको समस्या आजको होइन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम सङ्कट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी नगरपालिकाको सहयोगमा गाउँमुनिको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो”, उनले भनिन् “लिफ्ट योजनाको भर नहुनेरहेछ, कहिले चट्याङले विद्युत्का उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौँ, समस्या पहिलाको जस्तै भयो ।”

विसं २०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा रु ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटकपटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीनपटक समस्या आइसकेको बताइन् । 

उनले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिराका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताइन् । “आयोजना सम्पन्न नहुँदै मुहान बाढीले बगायो, पुनर्निर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिराले पाइप बगाएपछि खानेपानी आएको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दिगो नहुनेरहेछ”, पुनले भनिन्।

आयोजनामा समस्या आएपछि नगरपालिकाले रु चार लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिए । उनले विद्युत्को भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताउनुभयो । उहाँले विद्युत्मा एकरुपकता ल्याउन सबस्टेशन चाहिने रहेछ, त्यसका लागि पहल भइरहेको बताए ।

सुम्सावासीले मानडाँडाको मुहानको पानी पालो पर्खेर गाग्रीमा बोकेर गुजारा चलाउँदै आएका छन् । लाखौँ खर्चेर बनाइएको योजना खेर जान नदिने नगरपालिकाको भनाइ छ । नगरपालिकाले आयोजनाको दिगोपनाका लागि काम गर्ने नगरप्रमुख पुनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending