Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

कांग्रेस महाधिवेशन विवाद : केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन धकेल्ने जोडबलमा पूर्वपदाधिकारी

महाधिवेशन धकेल्न भोटिङबाट निर्णय गराउनुपर्ने संस्थापनपक्षीय सात पूर्वपदाधिकारीको दबाब कार्यवाहक सभापति खड्काद्वारा अस्वीकार

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस संस्थापन पक्षका सात पूर्वपदाधिकारीले महामन्त्री गगन थापाले प्रस्तुत गरेको १५ औं महाधिवेशनको कार्यतालिकालाई अस्वीकृत गराएर सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव पारित गर्ने योजना बनाएका छन् ।

त्यसका लागि थापा र यादव दुवैको प्रस्तावलाई ‘भोटिङ’ मा लैजान उनीहरूको निरन्तरको दबाब रहेको संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय कार्यसमितिको कात्तिक १८ को बैठकमा महामन्त्री थापाले पुस १६–१९ र सहमहामन्त्री यादवले वैशाख २७–२९ को कार्यतालिका प्रस्तुत गरेका थिए । असहमतिबीच आएकाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुवै कार्यतालिकालाई व्यक्तिगत रूपमा प्रस्तुत भएको जानकारी गराएका छन् ।

सात पूर्वपदाधिकारीको पहलमा शनिबार बानेश्वरमा बसेको बैठकले महाधिवेशनको विवाद ‘भोटिङ’ बाट हल खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय कार्यसमितिबाट निर्वाचन अगाडिको प्रस्तावित तालिकालाई अस्वीकार गरेर यादवको प्रस्तावलाई पारित गराउने उनीहरूको निर्णय थियो । 

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशनलाई समेत आवश्यक नभएको निर्णय गराएर अघि बढ्ने योजना थियो । त्यही निर्णयबमोजिमको प्रस्ताव अघि बढाउन उनीहरूले खड्कामाथि दबाब बढाइरहेका हुन् ।

खड्काले सहमतिबिनाको प्रस्ताव आफूले अघि नबढाउने जवाफसमेत उनीहरूलाई दिएका छन् । शनिबार संस्थापनका केही नेता र महामन्त्रीहरूबीच भएको छलफलमा खड्काले सहमतिबेगरको प्रस्ताव अघि नबढाउने जानकारी दिएका थिए ।

‘मैले वैशाखमा महाधिवेशन गर्ने भनेर प्रस्ताव लैजाने हो भने विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि लैजानुपर्छ । नियमित अगाडि त विशेष महाधिवेशन बोलाउनुपर्छ । विधानतः त्यसलाई स्विकार्नुपर्छ,’ सात पूर्वपदाधिकारीको आग्रहमा खड्काको जवाफ थियो, ‘एकलौटी रूपमा विवादित प्रस्ताव लैजानुपर्छ भनेर तपाईंहरूले मलाई दबाब दिने हो भने कुनै पनि अप्रिय निर्णय लिन म बाध्य हुनेछ ।’

खड्काले कांग्रेसले गर्ने निर्णय बहुमत र अल्पमतका आधारमा अघि नबढाउने बताउँदै केन्द्रीय कार्यसमितिको बैठक सार्दै आएका छन् । सोमबार बस्ने भनिएको बैठक पुनः बिहीबारसम्मका लागि सारिएको छ । संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्य भने सात पूर्वपदाधिकारीहरूको विपक्षमा देखिएका छन् । उनीहरूले निर्वाचनअगाडि नै महाधिवेशन गरेर जानुपर्ने भन्दै कार्यवाहक सभापति खड्काको लिखित ध्यानाकर्षण गराइसकेका छन् ।

स्रोतका अनुसार सिंगापुरबाट शुक्रबार फर्केका सभापति शेरबहादुर देउवाले आइतबारदेखि विवाद मिलाउन संवाद सुरु गरे पनि अझै निकास निस्कने संकेत देखिएको छैन । उनीनिकट एक नेताका अनुसार देउवा विशेष महाधिवेशनलाई टार्न निर्वाचनअगाडिकै नियमित महाधिवेशनको कार्यतालिकाको पक्षमा देखिएका छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तत गर्दा सभापतिलाई हटाइएको सन्देश जाने भएकाले उनले नियमित महाधिवेशनबाटै सक्रिय राजनीतिबाट अवकाश लिने मनस्थिति बनाएका छन् । तर, सात पूर्वपदाधिकारीहरूले पुस मसान्तभित्रको कार्यतालिका ल्याउन नदिन दबाब बढाउँदै गएपछि देउवा पनि यस मुद्दामा कता उभिन्छन् भन्नेबारे अझै संकेत गरेका छैनन् ।

देउवा सोमबार पनि भेटघाटमा व्यस्त थिए । उनले संस्थापन पक्षकै नेतासँगसमेत छुट्टाछुट्टै भेटिरहेका छन् । जेन–जी आन्दोलनलगत्तैदेखि महाधिवेशनको मुद्दा उठाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अब विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । 

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा दुई महिनाको समय खेर फालेका थापा र शर्माले विशेष महाधिवेशन नै गर्नुपर्ने अडान राख्न थालेका छन् । शर्माले आइतबार सभापति देउवालाई त्यही कुरा राखेका थिए । विशेष महाधिवेशन नबोलाइए महामन्त्रीबाट राजीनामा दिने जानकारीसमेत शर्माले गराएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending