Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

कांग्रेस महाधिवेशन विवाद : केन्द्रीय समितिको बहुमतबाट महाधिवेशन धकेल्ने जोडबलमा पूर्वपदाधिकारी

महाधिवेशन धकेल्न भोटिङबाट निर्णय गराउनुपर्ने संस्थापनपक्षीय सात पूर्वपदाधिकारीको दबाब कार्यवाहक सभापति खड्काद्वारा अस्वीकार

खबरडबली संवाददाता

काठमाडौं । कांग्रेस संस्थापन पक्षका सात पूर्वपदाधिकारीले महामन्त्री गगन थापाले प्रस्तुत गरेको १५ औं महाधिवेशनको कार्यतालिकालाई अस्वीकृत गराएर सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव पारित गर्ने योजना बनाएका छन् ।

त्यसका लागि थापा र यादव दुवैको प्रस्तावलाई ‘भोटिङ’ मा लैजान उनीहरूको निरन्तरको दबाब रहेको संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय कार्यसमितिको कात्तिक १८ को बैठकमा महामन्त्री थापाले पुस १६–१९ र सहमहामन्त्री यादवले वैशाख २७–२९ को कार्यतालिका प्रस्तुत गरेका थिए । असहमतिबीच आएकाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुवै कार्यतालिकालाई व्यक्तिगत रूपमा प्रस्तुत भएको जानकारी गराएका छन् ।

सात पूर्वपदाधिकारीको पहलमा शनिबार बानेश्वरमा बसेको बैठकले महाधिवेशनको विवाद ‘भोटिङ’ बाट हल खोज्नुपर्ने निष्कर्ष निकालेको थियो । संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय कार्यसमितिबाट निर्वाचन अगाडिको प्रस्तावित तालिकालाई अस्वीकार गरेर यादवको प्रस्तावलाई पारित गराउने उनीहरूको निर्णय थियो । 

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित माग भएको विशेष महाधिवेशनलाई समेत आवश्यक नभएको निर्णय गराएर अघि बढ्ने योजना थियो । त्यही निर्णयबमोजिमको प्रस्ताव अघि बढाउन उनीहरूले खड्कामाथि दबाब बढाइरहेका हुन् ।

खड्काले सहमतिबिनाको प्रस्ताव आफूले अघि नबढाउने जवाफसमेत उनीहरूलाई दिएका छन् । शनिबार संस्थापनका केही नेता र महामन्त्रीहरूबीच भएको छलफलमा खड्काले सहमतिबेगरको प्रस्ताव अघि नबढाउने जानकारी दिएका थिए ।

‘मैले वैशाखमा महाधिवेशन गर्ने भनेर प्रस्ताव लैजाने हो भने विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि लैजानुपर्छ । नियमित अगाडि त विशेष महाधिवेशन बोलाउनुपर्छ । विधानतः त्यसलाई स्विकार्नुपर्छ,’ सात पूर्वपदाधिकारीको आग्रहमा खड्काको जवाफ थियो, ‘एकलौटी रूपमा विवादित प्रस्ताव लैजानुपर्छ भनेर तपाईंहरूले मलाई दबाब दिने हो भने कुनै पनि अप्रिय निर्णय लिन म बाध्य हुनेछ ।’

खड्काले कांग्रेसले गर्ने निर्णय बहुमत र अल्पमतका आधारमा अघि नबढाउने बताउँदै केन्द्रीय कार्यसमितिको बैठक सार्दै आएका छन् । सोमबार बस्ने भनिएको बैठक पुनः बिहीबारसम्मका लागि सारिएको छ । संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्य भने सात पूर्वपदाधिकारीहरूको विपक्षमा देखिएका छन् । उनीहरूले निर्वाचनअगाडि नै महाधिवेशन गरेर जानुपर्ने भन्दै कार्यवाहक सभापति खड्काको लिखित ध्यानाकर्षण गराइसकेका छन् ।

स्रोतका अनुसार सिंगापुरबाट शुक्रबार फर्केका सभापति शेरबहादुर देउवाले आइतबारदेखि विवाद मिलाउन संवाद सुरु गरे पनि अझै निकास निस्कने संकेत देखिएको छैन । उनीनिकट एक नेताका अनुसार देउवा विशेष महाधिवेशनलाई टार्न निर्वाचनअगाडिकै नियमित महाधिवेशनको कार्यतालिकाको पक्षमा देखिएका छन् ।

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तत गर्दा सभापतिलाई हटाइएको सन्देश जाने भएकाले उनले नियमित महाधिवेशनबाटै सक्रिय राजनीतिबाट अवकाश लिने मनस्थिति बनाएका छन् । तर, सात पूर्वपदाधिकारीहरूले पुस मसान्तभित्रको कार्यतालिका ल्याउन नदिन दबाब बढाउँदै गएपछि देउवा पनि यस मुद्दामा कता उभिन्छन् भन्नेबारे अझै संकेत गरेका छैनन् ।

देउवा सोमबार पनि भेटघाटमा व्यस्त थिए । उनले संस्थापन पक्षकै नेतासँगसमेत छुट्टाछुट्टै भेटिरहेका छन् । जेन–जी आन्दोलनलगत्तैदेखि महाधिवेशनको मुद्दा उठाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने अब विशेष महाधिवेशनकै पक्षमा उभिएका छन् । 

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि नगर्ने भन्ने विवादमा दुई महिनाको समय खेर फालेका थापा र शर्माले विशेष महाधिवेशन नै गर्नुपर्ने अडान राख्न थालेका छन् । शर्माले आइतबार सभापति देउवालाई त्यही कुरा राखेका थिए । विशेष महाधिवेशन नबोलाइए महामन्त्रीबाट राजीनामा दिने जानकारीसमेत शर्माले गराएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending