Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

ओली-लेखकलाई बयान लिन डाक्दै छानबिन आयोग

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ। भदौ २३ गते भएको आन्दोलनका क्रममा भएको दमनको विषयमा उनीहरूलाई बयान लिन लागिएको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको तीन सदस्यीय जाँचबुझ आयोगले ओली र लेखकलाई बयानमा बोलाउन पत्राचार गर्न लागेको स्रोतको दाबी छ। ‘केही दिन लाग्छ होला, अहिले प्रहरी र निजामती कर्मचारीसँग सोधपुछ गरिरहेका छौं। उहाँहरूको बयान सकिएपछि बयानमा बोलाउने तयारी छ,’ स्रोतले भन्यो। जेनजीका विभिन्न प्रतिनिधिहरूले एमाले अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री लेखकलाई कारबाही गर्न माग गरिरहेका छन्। उनीहरूका मागलाई सम्बोधन गर्न पनि आयोगले ओली–लेखकलाई बयानमा आउन पत्रचार गर्ने तयारी गरेको हो।

जेनजी प्रदर्शनको पहिलो दिन भदौ २३ मा २२ जनाको ज्यान जाने गरी गोली चलाउनु कानुनसम्मत भए/नभएको विषयमा उनीहरूसँग बयान लिन लागिएको हो। जेनजी युवाहरूका केही समूहले सरकारसँग ओली र लेखकलाई कहिले बयानमा ल्याउने भन्ने प्रश्न गरिरहेपछि आयोगले पत्राचार गर्न लागेको हो। आयोगका संयोजक पूर्वन्यायाधीश कार्कीले पनि एक टेलिभिजन अन्तर्वार्तामा त्यसको संकेत गरेका छन्। आयोगका अधिकारीहरूले ओली र लेखकलाई बयानमा ल्याउने भन्दै सार्वजनिक रूपमा अन्तर्वार्ताहरू दिइरहेका छन्।

असोज ९ देखि काम सुरु गरेको आयोगले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्ने छ। आयोगको समयसीमा पुस ९ मा सकिनेछ। मंसिर ९ मा दुई महिना पुग्न लाग्दा आयोगका अधिकारीहरू एक पटक देशदौडाहा गरेर काठमाडौं फर्किसकेका छन्। आयोगले नक्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, जेलर सत्यराज जोशी र आन्दोलनमा खटिएका दुई प्रहरी अधिकृतको बयान लिएको छ। पूर्वप्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै कार्की नेतृत्वको आयोगलाई ‘नमान्ने’ घोषणा गरेका छन्। यो घोषणापछि ओली कार्यकर्ताको कडा सुरक्षा घेरामा बस्दै आएका छन्।

आयोगले शंका लागेका जोकोहीलाई क्रमशः बयानका लागि बोलाउने जनाएको छ। आयोगका सदस्य विज्ञानराज शर्माले २३ र २४ गतेको घटनामा सम्बन्धित रहेका उच्चपदस्थ व्यक्तिहरूलाई पनि क्रमशः बोलाएर बयान लिने बताए। ‘हामीले उच्चपदस्थहरूलाई पनि जानकारी दिएरै बयानमा बोलाउने हो। आयोगले यसको सूची तयार पारिरहेको छ,’ पूर्वएआइजीसमेत रहेका शर्माले भने। अहिले ओली र लेखक दुवैलाई स्थान हद तोकिएको छ। उनीहरूलाई काठमाडौं छाड्नुपरे सरकारको अनुमति लिनुपर्ने बाध्यकारी बनाइएको छ। उनीहरू दुवै जनाको पासपोर्ट पनि रोक्का गरिएको छ।

जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई भने उपत्यका छाड्न अनुमति दिइएको छ। जाँचबुझ आयोगले पाँच जनालाई उपत्यकाबाहिर जान रोक लगाउने निर्णय गरे पनि राष्ट्रिय योजना आयोगको सदस्य सचिवसमेत रहेका दुवाडीलाई चाहिँ उपत्यकाबाहिर जान अनुमति दिइएको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, गृह सचिव दुवाडी र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको पनि पासपोर्ट रोक्का गरिएको छ। जेनजी प्रदर्शनमा भएको क्षतिको विवरण संकलन गर्ने समितिको संयोजक रहेको हुनाले उनलाई उपत्यकाबाहिर जान अनुमति दिइएको हो। तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पनि स्थान हद तोकिएको छ। उनको पनि पासपोर्ट रोक्का गरिएको छ। पूर्वआइजिपी खापुङमाथि आयोगले प्रतिशोध साँधेको आरोप लागेको छ। उनीमाथि फिल्डमा खटिएका प्रहरीको विवरण माग गर्दा समयमा नदिएर असहयोग गरेको आरोप लागेको छ।

भदौ २३ को आन्दोलनमा बल प्रयोगको प्रतिकारस्वरूप भोलिपल्ट उपत्यका र उपत्यकाबाहिर प्रदर्शनकारीले आगजनी र तोडफोड गरे तर आयोगले सुरुमा नक्खुका जेलर र रवि लामिछानेसँग बयान लिएको थियो। जेलरले दिएको पत्र लिएर लामिछाने भदौ २४ मा कारागार बाहिर निस्केका हुन्। कतिपयले आयोगको काम भदौ २४ मामात्रै केन्द्रित भएको भनेर आलोचना गरिरहेका छन्। आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। जाँचबुझ आयोग ऐनअन्तर्गत गठित आयोगलाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ। संयोजक कार्कीले सोही अवधिमा दोषी किटान र कारबाही सिफारिस गर्ने बताउँदै आएका छन्।

भदौ २३ र २४ को आन्दोलन र प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए । काठमाडौं उपत्यकाभित्र र बाहिर गरी सरकारी संरचना, निजी सम्पत्तिमा पनि आगजनी र तोडफोड भएको थियो। आयोगले तोडफोड र आगजनीको पनि विवरण संकलन गरेर प्रतिवेदन सरकारलाई बुझाउनेछ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending