Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

किसानले दुध दिन छाडेपछि डिडिसी विराटनगर संकटमा, चिस्यान केन्द्र धमाधम बन्द

खबरडबली संवाददाता

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) अन्तर्गत संचालित दुग्ध वितरण आयोजना विराटनगर गम्भीर आर्थिक संकटमा परेको छ। लामो समयदेखि दुधको भुक्तानी नपाएपछि किसानहरूले दुध आपूर्ति रोकिदिएपछि आयोजनाका चिस्यान केन्द्रहरू एकपछि अर्को गर्दै बन्द हुन थालेका छन्।

आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार पछिल्ला केही महिनामा इलाम जिल्लाका पुवाखोला, फिक्कल र लक्ष्मीपुर चिस्यान केन्द्र पूर्ण रूपमा बन्द भइसकेका छन्। दशकौँदेखि सञ्चालनमा रहेका यी केन्द्रहरू बन्द हुँदा आयोजनाले ठूलो धक्का बेहोरेको छ। लक्ष्मीपुरबाट मात्र दैनिक १,४०० लिटर तथा पुवाखोला–फिक्कलबाट सरदर १–१ हजार लिटर दुध सङ्कलन हुँदै आएको थियो।

इलामकै शान्तिडाँडा चिस्यान केन्द्रमा पनि दुध सङ्कलन ठप्प छ। बाटो बिग्रिएर केही समय बन्द भएकामा हाल बाटो खुले पनि किसानले दुध दिन नरुचाउने भएकाले सङ्कलन हुन नसकेको मगरले बताए। "चालु रहेको अन्य केन्द्रहरूमा पनि दुध सङ्कलन एक तिहाइले घटेको छ," उनले भने।

हाल विराटनगर आयोजनाअन्तर्गतका ११ मध्ये ७ चिस्यान केन्द्र मात्र सञ्चालनमा छन्।

दुई सय दिनदेखि भुक्तानी ठप्प, १८ करोड बक्यौता

किसानहरूको मुख्य असन्तोष दुध विक्रीबापतको भुक्तानी नपाउनु हो। वैशाख १५ यतादेखिको रकम अझै बाँकी छ। करिब २०० दिनसम्म दुधको पैसा नपाउँदा किसानहरू वैकल्पिक बजारतर्फ मोडिन बाध्य भएका छन्। आयोजनाले किसानलाई झण्डै १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको निमित्त प्रमुख मगरले जानकारी दिए।

उनका अनुसार, "दुध नगदे बाली हो, पैसा ६–७ महिनासम्म नआउँदा किसानको दैनिकी चल्नै नसक्ने अवस्था भयो। त्यसैले उनीहरूले विकल्प रोजे, यसको दोष दिन सकिन्न।"

दैनिक सङ्कलन २ लाख लिटरबाट १२ हजारमा झर्यो

कोभिड महामारीअघि विराटनगर आयोजनाले दैनिक २ लाख लिटरसम्म दुध सङ्कलन गर्थ्यो। तर पछिल्ला वर्षमा यो तथ्याङ्क लगातार गिरावट भयो।

३ वर्षअघि: ५० हजार लिटर

२ वर्षअघि: ४० हजार लिटर

गत वर्ष: २०–२२ हजार लिटर

हाल: १२–१३ हजार लिटर

यो डिडिसी इतिहासकै सबैभन्दा न्यूनतम स्तर मानिएको छ।

निजी डेरी र छुर्पी उद्योग किसानको नयाँ विकल्प

डिडिसीले समयमै पैसा नदिएपछि किसानहरू सहकारीमार्फत निजी डेरी उद्योग र छुर्पी उत्पादन गर्ने उद्योगलाई दुध बेच्न थालेका छन्। पहाडी भेगका किसानले नबिकेको दुधबाट घिउ बनाउने र निजी उद्योगलाई आपूर्ति गर्ने गरेको मगरले बताए। यसले सरकारी आयोजनामा दुधको अभाव झनै बढाएको छ।

खुला दुधको बजार बढ्दै, डिडिसीको बिक्री खुम्चिँदै

बजारतर्फ पनि डिडिसीको अवस्थाले चिन्ता बढाएको छ। विराटनगरमा दैनिक बिक्री २,५००—३,००० लिटरमा सीमित भएको छ। उपभोक्ताबीच ‘खुला दुध’ लोकप्रिय बन्दै गएपछि प्रतिस्पर्धा झनै कडा भएको छ। खुला दुधको मूल्य सस्तो र फ्याट अधिक हुने बताउँदै उपभोक्ताले त्यतैतर्फ झुकाव बढाएका छन्।

डिडिसीका सबै उत्पादन—दुध, दही, पनिर, आइसक्रिमलगायतको कुल बिक्री पनि ३,००० लिटरमा झरेको छ।

किसान पेसाबाटै विमुख हुने खतरा

भुक्तानी नपाउने, बजार खुम्चिनु र वैकल्पिक उद्योगको दबाबसँगै किसान पेसाबाटै विमुख हुनसक्ने जोखिम बढेको सरोकारवालाहरूको आकलन छ। बजार र उत्पादन दुवै ओरालो लागेपछि सरकारी आयोजना ‘अस्तित्व संकट’तिर धकेलिँदै गएको विश्लेषकहरूको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending