Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ।

लिङ्कः https://nagarik.gibl.com.np

यस सेवाअन्तर्गत नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खाता अनलाइनमार्फत खोल्न सक्नेछन्। आवश्यक क्यूआर कोड नागरिक एपभित्र उपलब्ध गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार यो सेवा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नेपाली नागरिकका लागि उपलब्ध हुनेछ। खाता खोल्ने क्रममा ग्राहकको पूर्वसहमतिमा आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले विवरण पुन: भर्नुपर्ने झन्झट हट्ने विश्वास बैंकको छ।

अनलाइनमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखा कार्यालयमा उपस्थित भएर वा भिडियो केवाईसी ९प्थ्ऋ० प्रक्रियामार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ। यसबाट खाता खोल्ने प्रक्रिया थप सरल, छिटो र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकले यसअघि पनि डिजिटल बैंकिङ सेवाको विस्तार गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंक हाल देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

बैंकले विभिन्न देशबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लोकसेवा तयारीकर्ताको नारा: पहुँच भए स्वकीय सचिव खाऊ, लोकसेवा भिड्ने भए भर्ना छैन जाऊ

काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...

कुटपिट भएको भन्दै गायक अशोक दर्जी प्रहरीमा, भिडियो भाइरल भएपछि अनुसन्धान तीव्र

विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...

सहकारीको बचत फिर्ता माग गर्दै माइतीघरमा पीडितहरूको प्रदर्शन

काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिनेछ: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending