काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा स्वदेश ल्याइएको जानकारी दिएको छ।
राजदूतावासका अनुसार म्यानमारको म्यावडी क्षेत्रमा अवैधरूपमा सञ्चालन भइरहेका ‘अनलाइन डेटिङ’, ‘अनलाइन क्यासिनो’, ‘गेमिङ’, ‘फिसिङ’ तथा ‘क्रिप्टो ठगी’ जस्ता कार्यमा जबरजस्ती लगाइएका ती नेपालीहरू १९ अक्टोबर २०२५ मा म्यानमार सुरक्षाकर्मीले स्क्याम केन्द्रमा छापा मार्ने क्रममा भागेर थाइल्याण्ड प्रवेश गरेका थिए। उनीहरूलाई आज मंसिर ३ गते नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल ल्याइएको हो।
यसअघि पनि विभिन्न मुलुकमा यस्तै प्रकारका अवैध गतिविधिमा पर्न बाध्य बनाइएका नेपालीहरूको उद्धार जारी रहेको राजदूतावासले जनाएको छ। म्यानमारको म्यावडीमा रहेका थप २३ जना, थाइल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीलाई शीघ्र स्वदेश फिर्ता गराउने प्रक्रियामा समन्वय भइरहेको जानकारी राजदूतावासले दिएको छ।
राजदूतावासले वैदेशिक रोजगारीका नाममा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा ‘छिटो र धेरै पैसा कमाउने’ भनी विभिन्न व्यक्तिहरूले फैलाउने भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ। नेपाल सरकारले तोकेको मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जानु सुरक्षित हुने राजदूतावासको सुझाव छ।
आमसञ्चार माध्यम तथा नागरिक समाजलाई जोखिमपूर्ण वैदेशिक रोजगारीका यस्ता घटना दोहोरिन नदिन सचेतना फैलाउन सहयोग गर्न पनि राजदूतावासले अनुरोध गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...
आषाढ़ ८ गते, २०८३ - १३:५०
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...
आषाढ़ ८ गते, २०८३ - १३:३१
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...
आषाढ़ ८ गते, २०८३ - १२:५०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यलाई स्वत: केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टी स्थापनाकालदेखि सक्रिय ...
आषाढ़ ८ गते, २०८३ - १२:३५
काठमाडौं । पूर्वमन्त्री तथा राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेस का नेताहरूले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। ...
आषाढ़ ८ गते, २०८३ - १२:२२
काठमाडौँ। स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला एक हजार ४०...
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...



प्रतिकृया लेख्नुहोस्: