Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर

खबरडबली संवाददाता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गरेका छन् ।

यो कदमले लामो समयदेखि आलोचना झेलिरहेको वासिङ्टनको शक्तिकेन्द्रमा नयाँ हलचल ल्याएको छ र राष्ट्रपति स्वयं उक्त बहसलाई पारदर्शितातर्फ मोड्न इच्छुक छन् कि संवेदनशील विवरण लुकाउन खोज्दै छन् भन्ने प्रश्न पनि उठेको छ ।

महिनौँसम्म चलेको विरोधमत उल्ट्याउँदै र मङ्गलबार दुर्लभ देखिने द्विदलीय सहमतिसहित विधेयक कंग्रेसबाट पारित भएपछि ट्रम्पले आकस्मिक निर्णय गर्दै यसमा हस्ताक्षर गरेका हुन् । दिवङ्गत एपस्टिनका पुराना परिचित पनि मानिनुहुने राष्ट्रपति ट्रम्पले बुधबार राति आफ्नो सोसल मिडिया प्लेटफर्ममार्फत कुनै ‘राजनीतिक नाटक’ मा नअड्किने भन्दै विधेयक अनुमोदनको घोषणा गरे ।

तर हस्ताक्षर भएर कानून बने पनि संवेदनशील विवरणहरू सार्वजनिक गर्ने प्रक्रियामा जानाजानी ढिलाइ, अत्यधिक सम्पादन (रेडक्सन) वा लामो सङ्घीय अनुसन्धानको आड लिइने सम्भावना रहने प्रशासनभित्रका अधिकारीहरूले चेतावनी दिएका छन् ।

शीर्ष डेमोक्रेट चक शुमरले सिनेटमा चेतावनी दिँदै भने, “राष्ट्रपतिले अब यो कानूनलाई विश्वासपूर्वक कार्यान्वयन गर्नुपर्नेछ । ट्रम्पबाट कुनै पनि प्रकारको छलकपट स्वीकार्य हुनेछैन । उहाँले केही कागजात मात्र सार्वजनिक गर्दै अन्य महत्त्वपूर्ण दस्तावेजहरू लुकाउने बहाना बनाउनु हुँदैन ।”

अत्यन्तै धनी फाइनान्सर, वर्षौंदेखि उच्च वर्गका व्यवसायी, राजनीतिज्ञ, शिक्षाविद् र सेलिब्रेटीहरूसँगको घनिष्ठ सम्बन्धका कारण जेफ्री एपस्टिन कुख्यात थिए । उनीमाथि नाबालिग बालिकाहरूलाई यौन शोषणका लागि तस्करी गरेको आरोप थियो । विगत केही वर्षदेखि ट्रम्प र उनका निकट सहयोगीहरूले एपस्टिनसँग जोडिएका प्रभावशाली डेमोक्रेटहरू सुरक्षित रहे भन्ने कथनलाई अगाडि सार्दै केसलाई राजनीतिक रङ दिएका थिए ।

तर आलोचकहरूका अनुसार राष्ट्रपति स्वयं एपस्टिनका पुराना सङ्गतिहरू मध्ये एक हुनुहुन्थ्यो, त्यसैले उनलाई उक्त अपराधीका गोप्य कडीहरूबारे कत्तिको जानकारी थियो भन्ने प्रश्न अझै अनुत्तरित छ । यो मुद्दाले ट्रम्प समर्थकहरूभन्दा पर गएर अमेरिकी न्याय प्रणालीप्रति जनताको भरोसा खस्काएको छ र धेरै नागरिकहरूले ‘यस कथाका महत्त्वपूर्ण भागहरू अझै लुकाइएका छन्’ भन्ने गहिरो शङ्का व्यक्त गरिरहेका छन् ।

सन् २०१९ मा एपस्टिन पक्राउ परेपछि उनको सामाजिक सञ्जाल, वित्तीय स्रोत र सहयोगीहरूको विस्तृत छानबिनको माग चुलिएको थियो । त्यसपछि न्युयोर्कको जेलमा आत्महत्याको रूपमा दर्ता गरिएको मृत्यु भने ढाकछोप र षड्यन्त्रका अनेकथरी सिद्धान्तहरू झनै गहिरिएका थिए ।

यसैबीच, कंग्रेसले पारित गरेको ट्रान्सपरेन्सी एक्टको मत सर्वपक्षीय भावनाले भरिएको थियो । प्रतिनिधिसभामा मतदान हुँदा पीडितका प्रतिनिधिहरूले ग्यालरी भरिदै विधेयक पारित भएपछि अँगालो र जयजयकारसहित भावनात्मक वातावरण सिर्जना भएको थियो । यो विधेयक प्रतिनिधिसभाका सभामुख माइक जोनसन र उनका सहयोगीहरूले खुलासा रोक्न गरेको प्रयासलाई कडा झट्का थियो । पत्रकारहरूले जोनसनलाई ट्रम्पलाई भिटो गर्न दबाब दिने हो कि भनेर सोध्दा उनले ‘समय आएपछि हेर्ने’ मात्र उत्तर दिएका थिए।

कानून अनुसार, न्याय मन्त्रालयले एक महिनाभित्र एपस्टिनसम्बन्धी अवर्गीकृत दस्तावेजहरू — प्रतिलिपि, उडान लग, सञ्चार र अन्य फाइलहरू — अनलाइन सार्वजनिक गर्नुपर्नेछ । यी फाइलहरूले विगतका धेरै अज्ञात नाम र सम्बन्ध उजागर गर्न सक्ने आशङ्का छ । व्यक्तिगत गोपनीयता र राष्ट्रिय सुरक्षा जस्ता सङ्कीर्ण कारण बाहेक जानकारी रोक्न सकिने छैन ।

तर के प्रशासनले यो कानूनलाई पूर्ण रूपमा लागू गर्ला रु वा सम्बन्धित अनुसन्धान जारी रहेकाले सामग्री सार्वजनिक गर्न नसकिने भनेर फाइलहरू फेरि लुकाइनेछन् ? भन्नेबारे विश्लेषकहरू शङ्कित छन् । गत हप्तामात्रै ट्रम्पले डेमोक्रेटहरूको सम्भावित संलग्नताबारे नयाँ अनुसन्धान आदेश दिएको हुँदा प्रक्रिया अल्झिन सक्ने ठानिएको छ ।

केन्टुकीका रिपब्लिकन थोमस म्यासीले भने, “यी नयाँ अनुसन्धानहरू अन्तिम क्षणमा एपस्टिन फाइल सार्वजनिक हुने काम रोक्न प्रयोग गरिने ‘धुवाँको पर्दा’ हुन सक्छन् ।” न्याय मन्त्रालय र एफबिआईले यसअघि फाइलहरूको समीक्षा गर्दा थप कारबाही आवश्यक नदेखिएको बताएका थिए ।

यस विषयमा महान्यायाधिवक्ता पाम बोन्डीले पत्रकारहरूसँग भने, “हामीसँग नयाँ सूचनाहरू आएका छन् । यदि कोही पीडित हुनुहुन्छ भने हामी उहाँहरूलाई अगाडि आउन प्रोत्साहित गर्दछौँ र हामी कानूनअनुसार अधिकतम पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध छौँ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending