Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ईश्वर पोखरेललाई ओलीको जवाफ- म सँग प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने गर्नुस्, तर पार्टीलाई फाइदा गर्दैन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिन तयार रहेको स्पष्ट सन्देश दिएका छन्। 

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहीबार करिब सात घन्टा चलेको बैठकमा पोखरेलले हालको नेतृत्वशैलीले पार्टी संकटमा परेको दाबी गर्दै त्यसको निकासका लागि आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने इच्छा प्रकट गरेको एक सचिवालय सदस्यले जानकारी दिए।

उनका अनुसार पोखरेलले बैठकमा भने, “नेतृत्वको अभिव्यक्ति र कार्यशैलीले पार्टीको संकट गहिरिएको छ। आन्दोलन पनि कमजोर बनेको छ। अध्यक्षका लागि म योग्य छु, त्यसैले प्रतिस्पर्धामा उत्रिन्छु।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका स्थापित विधि, परम्परा र मूल्यको रक्षा गर्दै प्रतिस्पर्धामा सहभागी हुने उल्लेख गरे। उनले “हार–जित जे भए पनि प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया हो, र म त्यसलाई स्वीकार्न तयार छु,” भन्दै आफ्नो धारणा स्पष्ट पारे।

उनको भनाइलाई जवाफ दिँदै अध्यक्ष ओलीले हालको राजनीतिक तथा पार्टीगत परिस्थितिमा आफूले नेतृत्व नछाड्ने बताए। “प्रतिस्पर्धा गर्न चाहनुहुन्छ भने गर्नुस्, म रोक्दिनँ। तर अहिले नेतृत्व छाड्ने अवस्था मेरो छैन। यस्ता अवस्थामा प्रतिस्पर्धाले पार्टी र आन्दोलन दुवैलाई फाइदा गर्दैन,” ओलीले भनेका थिए।

बैठकमा मधेसमा एमाले एक्लिँदै गएकोबारे पनि गम्भीर चिन्ता व्यक्त भएको सचिवालयका एक सदस्यले बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलसहित उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली तथा सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र रघुवीर महासेठले संयुक्त रूपमा मधेसको अवस्थाबारे कडा टिप्पणी गरेका थिए।

तिनका अनुसार, “मधेसमा ठूलो संकटबीच आन्दोलन जोगाएर एमालेलाई पहिलो शक्तिका रूपमा उभ्याइएको थियो। तर एक व्यक्तिलाई मुख्यमन्त्री बनाउन विधि, प्रक्रिया र परम्परा कुल्चिँदा पार्टीको छवि कमजोर भयो। यसले मधेसमा एमाले एक्लिने अवस्था बनाएको छ,”सातै जनाले एकमतमा भने।

सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन गरिएको निर्णयले पार्टीको मात्रै नभई लोकतन्त्र र संघीयताप्रति एमालेको प्रतिबद्धतामै प्रश्न उठेको उनीहरूको आरोप थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending