Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

विस्तृत शान्ति सम्झौताको दुई दशक: उपलब्धि उल्लेख्य, अधुरा प्रतिबद्धतामा सरकार निरन्तर उदासीन

खबरडबली संवाददाता

काठमाडौं । आज मंसिर ५ । नेपालमा विस्तृत शान्ति सम्झौता (वीएसएस) भएको आज पूर्ण २० वर्ष पुगेको छ । 

विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष तथा महान जनयुद्धका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको हस्ताक्षरले दशकभरि चलेको सशस्त्र द्वन्द्वको आधिकारिक अन्त्य भएको थियो । 

यस सम्झौताले राजतन्त्रको अन्त्यदेखि संघीय लोकतान्त्रिक संविधान निर्माणसम्मका ऐतिहासिक परिवर्तनको मार्ग खोलेको मानिन्छ । वि.सं. २०५२ फागुन १ गते सुरु भएको माओवादी ‘जनयुद्ध’का कारण करिब १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने हजारौँ बेपत्ता बने । 

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्यपछि सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीकै आधारमा विस्तृत शान्ति सम्झौता जन्मिएको थियो । यसले द्वन्द्व समाप्त गर्दै स्थायी शान्ति, समावेशी लोकतन्त्र र राज्यको पुनर्संरचनाको नयाँ अध्याय सुरु गर्‍यो ।

सम्झौताले संक्रमणकालीन संरचनाबाट अघि बढ्दै देशलाई स्थायी राजनीतिक अभ्यासतर्फ उन्मुख गर्‍यो । राजतन्त्र अन्त्य र गणतन्त्र घोषणा, दुई संविधानसभा चुनाव, २०७२ मा नयाँ संविधान जारी, संघीय संरचनाको कार्यान्वयन, तीन तहका निर्वाचन, महिला, दलित, जनजाति, मधेसी र पछाडि पारिएका समुदायको प्रतिनिधित्वमा उल्लेख्य वृद्धि जस्ता कदम सम्झौता पश्चात् प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा देखिन्छन् । 

माओवादी जनमुक्ति सेनालाई शिविरमा राखेर हतियार व्यवस्थापन गर्नेदेखि केहीलाई नेपाली सेनामा समायोजन र अधिकांशलाई स्वैच्छिक अवकाश दिने प्रक्रिया संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को निगरानीमा सम्पन्न भएको थियो । स्थानीय तह र प्रदेश स्थापना तथा अधिकार विकेन्द्रीकरणका कारण आधारभूत सेवा, विकास र स्थानीय शासनमा सुधार आएको जनाइएको छ । द्वन्द्वपछि आर्थिक वृद्धि, पूर्वाधार विस्तार र नेपालले अल्पविकसित देशको सूचीबाट विकासशील राष्ट्रको दर्जा प्राप्त गर्न सफल भएको पनि यही प्रक्रियासँग जोडिन्छ ।

तर, दुई दशकपछि पनि शान्ति सम्झौताका केही मुख्य प्रतिबद्धता अधुरै छन् । विशेषतः संक्रमणकालीन न्यायप्रति देखिएको सरकारी उदासीनता पीडितहरूको निराशाको मुख्य कारण बनेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएका भए पनि हजारौँ उजुरी आज पनि छानबिनबिना अलपत्र छन् । पीडकहरूलाई कारबाही नहुँदा पीडितहरू दुई दशकपछि पनि न्यायको प्रतीक्षामा बस्न बाध्य छन् ।

समावेशी रूपान्तरण, जातीय तथा लैंगिक समानता, क्षेत्रीय सन्तुलन, द्वन्द्वपीडितको उचित पुनर्स्थापना, रोजगारी र सामाजिक न्यायजस्ता क्षेत्रमा उपलब्धि अपेक्षाकृत कमजोर देखिन्छन् । संघीयताको पूर्ण कार्यान्वयन अवरुद्ध हुनु, राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र सर्वसाधारणको जीवनस्तरमा अपेक्षित सुधार नआउनुले शान्ति प्रक्रियाको विश्व–नमूना भन्ने दाबी पनि चुनौतीमा परेको छ ।

दुई दशकअघि देशलाई नयाँ यात्रातर्फ डोर्याएको सम्झौता आज प्रतीकात्मक रूपमा मात्र होइन, व्यवहारमा पनि पूरा होस् भन्ने अपेक्षा अझै उस्तै छ । शान्ति प्रक्रियाका उपलब्धिलाई संस्थागत गर्दै अधुरा प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी सरकार र राजनीतिक दलहरूको काँधमै रहेको छ । पीडितहरूको भनाइ छ । शान्ति सम्झौता पुरानो हुन सक्छ, तर न्यायको आवश्यकता आज पनि त्यत्तिकै जीवित छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending