काठमाडाैं । हालैको राजनीतिक बहसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विकास परियोजनामा आफ्नो नेतृत्व र पहलको श्रेय लिने विषय पुनः चर्चामा आएको छ। कीर्तिपुर क्रिकेट स्टेडियमदेखि फ्लडलाइट, धरहरा पुननिर्माण, सुरुङमार्ग वा झापाको भ्यू–टावरजस्ता परियोजनाहरूमा उनी स्वयंले प्रत्यक्ष रूपमा ‘ढुङ्गा बोकेको’ होइन, तर नीतिगत निर्णयकर्ता र कार्यान्वयनकर्ताका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।
यहीबीच, भदौ २३ मा जेनरेशन–जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको जिम्मेबारी कसले लिने भन्ने प्रश्नले व्यापक बहस आकर्षित गरेको छ। सुरक्षाकर्मीले प्रयोग गरेको गोली, त्यसका आदेश, परिस्थितिको मूल्यांकन र राजनीतिक नेतृत्वको भूमिकाबारे प्रश्नहरू उठाइएका छन्। लोकतान्त्रिक व्यवस्थामा राज्यद्वारा प्राणघातक बल प्रयोग हुँदा कार्यकारी प्रमुख राजनीतिक र नैतिक रूपमा जिम्मेवार हुने सिद्धान्त सामान्य रूपमा मानिन्छ।
यही कारणले आलोचकहरूले भन्छन्वि कासका कामहरूको श्रेय राजनीतिक नेताले लिन सक्छन् भने, राज्यशक्तिद्वारा भएको हिंसाको जिम्मेवारीबाट पन्छिनु मिल्दैन। घटनाको निष्पक्ष छानबिन, आदेश–सङ्केतको शृङ्खला, जिम्मेवार तह र राजनीतिक नेतृत्वको उत्तरदायित्व स्पष्ट गरिनु आवश्यक छ भन्ने माग निरन्तर उठिरहेकामा कुनै शङ्का छैन।
‘ओलीले बनाएको’ भन्ने सूचि अब अनन्त हुँदै गएको छ । कीर्तिपुर क्रिकेट स्टेडियमदेखिँदै फ्लडलाइट, धरहरा, सुरुङमार्ग, झापाको भ्यू टावर…। यस्तो सुनिन्छ, मानौँ देशका हरेक इँटा, बालुवा, ढुङ्गा उनी आफैले काँधमा बोकेर थुपारेका हुन्।
तर प्रश्न सरल छ भदौ २३ का ती टुटेका कपाल, फुटेका छाती र रोइबसी बसेका आमा–बुबाको पीडा पनि उनी नै बोकेर हिँडेका थिए कि होइन र ?
विकासका सबै श्रेय आफूले लिन्छु भन्नेले, गोली चलेको दिनको जिम्मेवारी किन अरूको काँधमा बोकाउने? यति सोध्दा "म बन्दुक बोकेर हिँडेको थिएँ र?" भनेर पन्छिन पाइन्छ भने
त्यही तर्क उल्टाएर सोध्न मन लाग्छ, “ओलीले काँधमा ढुङ्गा बोकेर स्टेडियम बनाएको हो र ?”
देशका युवा—जेन जी—सडकमा ओर्लिनुको कारण उनीहरूको ‘मस्ती’ थिएन, यो त असमानता, बेरोजगारी र ठेकेदार–राजनीतिको थिचोमिचोमा च्यापिएका पुस्ताको अन्तिम चिच्याहट थियो। तर त्यो चिच्याहटलाई राज्यले गोलाबारीले जवाफ दियो। टाउकामा, छातीमा, करेन्ट जस्तै डरमा हानियो।
पहिलो दृष्टिमा दोष कसको ? आदेश दिनेहरूको। राज्य शक्ति प्रयोग गर्नेहरूको। र राज्यशक्तिको शीर्षमा को थियो ? त्यही व्यक्तिको, जसले अहिले पनि प्रत्येक संरचना प्रत्येक प्रोजेक्ट ‘मैले बनाएँ’ भनेर उद्घोष गर्दै हिँडेका छन्।
देशमा केही बनेकाे श्रेय लिन चाहने नेतृत्व, देशका छोराछोरी रोइरहँदा ‘म जिम्मेवार हुँ’ भन्नबाट किन डराउँछ? नेतृत्वको अर्थ केवल चस्मा लगाएर उद्घाटन कति काटियो भन्ने होइन, चोट परेका छातीहरूको हिसाब किताब लिन सक्ने साहस पनि हो।
भदौ २३ र २४ का दिन— बच्चाहरूको रगत सडकमा बगेका थिए। शासनको चरित्र त्यही रगतमा नरेखिएको पनि राम्रै संग देखिएको थियो। कुरा वास्तवमै यति मात्रै हो । श्रेय लिन चाहने नेतृत्वले जिम्मेवारी पनि लिनैपर्छ। नत्र त्यो नेतृत्व होइन, प्रचार मात्र हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: