गुल्मी । गुल्मीको रिडी क्षेत्रमा निर्माण भएको देशकै नमुना तीन मुखे झोलुङ्गे पुल निर्माण सम्पन्न भएर तीन वर्ष बितिसक्दा पनि अझै औपचारिक रूपमा हस्तान्तरण हुन सकेको छैन। पुल प्रयोगमा आए पनि आवश्यक प्रशासनिक प्रक्रिया रोकिएकै कारण हस्तान्तरण टर्किएको हो।
२०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको यो पुल गुल्मी, स्याङजा र पाल्पा तीनै जिल्लालाई जोड्ने उद्देश्यले निर्माण भएको हो। कालीगण्डकी नदीमाथि बनेको तीन दिशा जोड्ने यो संरचना नेपालमै पहिलो पटक निर्माण गरिएको नमुना झोलुङ्गे पुलका रूपमा हेरिन्छ।
तीन वर्षमै निर्माण गर्ने सम्झौता, तीन पटक म्याद थप
२०७१ साल असार १० गते नयाँबाटो–रुबिना–मना जेभी र स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रीज डिभिजन पुल्चोकबीच रु ९ करोड ८८ लाख २६ हजार ३३२ मा तीन वर्षमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।
तर निर्माण व्यवसायीको आन्तरिक विवाद, कास्की जिल्ला अदालतमा मुद्दा, र ढिलाइका कारण तीन पटक म्याद थप गरेर काम पूरा गरिएको डिभिजन कार्यालयले जनाएको छ।
सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण कम्पनीहरूबीचको विवाद अझै समाधान नभएकाले पुल हस्तान्तरण प्रक्रियालाई रोकिएको छ। कार्यालयले अझै करिब ४० प्रतिशत भुक्तानी गर्न बाँकी रहेको पनि बताए।
उद्घाटन गर्ने तयारी राजनीतिक कारणले रोकियो
तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी भए पनि त्यतिबेलाको निर्वाचन आचारसंहिताका कारण कार्यक्रम रोकिएको थियो।
दीर्घकालीन सञ्चालनका लागि तीन तहको समन्वय आवश्यक
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ कारिकोट चण्डिभञ्ज्याङ, र पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्ने यो पुल सञ्चालन र संरक्षणका लागि तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ।
१७७.४ मिटर लम्बाइको पुलको मुख्य पिलर तीनै जिल्लाको दूरी बराबर हुने गरी बीच भागमा निर्माण गरिएको छ।
पर्यटकीय आकर्षण बन्दै
स्थानीय चुरामणी तिमिल्सिनाका अनुसार पुल अवलोकनका लागि विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्। नयाँ वर्ष, असारे एकादशी, हरिबोधनी एकादशी र मकर सङ्क्रान्तिका समयमा यहाँ विशेष गरी भिड बढ्ने गरेको बताइन्छ।
यो पुलको शिलान्यास तत्कालीन मुख्य सचिव लीलामणी पौडेल र गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: