कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ । कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने कुरा गर्न थालेपछि आफू समस्यामा परेको किसानले बताए ।
“व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने । कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो ।
थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए । कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले मोहनपुरबाट गत १२ कात्तिकदेखि र टीकापुर, सत्ती, जोशीपुर भजनी, गौरीगङ्गा क्षेत्रमा कात्तिक १६ देखि धान खरिद गर्न थालेको थियो ।
निजी व्यापारी (गल्ला व्यापारी)ले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यको तुलनामा निकै कम अर्थात् प्रतिक्विन्टल रु दुई हजार ६०० सम्ममा धान खरिद गर्ने गुनासो किसानको छ । कार्यालय प्रमुख थापाले यस वर्ष ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा योभन्दा थप तीन हजार क्विन्टल बढी धान खरिद गरिसकिएको जानकारी दिए ।
उनले भने, “उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोलीले कैलालीमा किसान र उत्पादनको परिमाणका बारेमा स्थलगत अध्ययन गरी फर्किएको छ, कोटा थप नभएसम्म धान खरिद गर्न सकिने अवस्था छैन ।”
सरकारले यस वर्ष प्रतिक्विन्टल मोटा धान रु तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको रु तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान र मध्यमधानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेपनि कैलालीको हकमा कम्पनीले विगतमा जस्तै मोटा धान मात्र खरिद गर्दै आएको छ ।
किसानले धानको उचित मूल्य नपाइरहेको अवस्थामा व्यापार कम्पनी लिमिडेडले खरिदको व्यवस्था गर्दा उचित मूल्य पाएर राहत मिलेपनि थप किसानको धान भने बिक्री हुन सकिरहेको छैन । कैलालीमा गत वर्ष झण्डै ५० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएकामा ३४ हजार ५०१ क्विन्टल खरिद गरिएको थियो ।
सरकारले समयमै न्यूनतम् समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्याउने गरेको किसानको भनाइ छ । नेपालमा वर्षेनी रु २० अर्ब हाराहारीको धान र चामल भारतबाट आयात हुने गरेकामा गत वर्ष रु ४३ अर्ब बराबरको धान र चामल आयात भएको जनाइएको छ ।
भारतबाट सस्तो मूल्यमा आयातित धान निजी व्यापारीका गोदाममा अझैँ मौज्दात रहेकोको अवस्थामा व्यापारीले थप धान खरिद गर्न नसक्दा स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको कार्यालय प्रमुख थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: