Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ८४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल प्रक्रिया सञ्चालन गरेको छ। वित्तीय प्रणालीमा लगातार बढी तरलता देखिएको अवस्थामा केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता व्यवस्थापन थालिएको हो।

अहिले बैंक तथा वित्तीय प्रणालीमा कुल निक्षेप ७४ खर्बभन्दा बढी पुगेको छ। तरलता प्रशस्त हुँदा ब्याजदरमा अनावश्यक उतार–चढाव नआओस् भन्ने उद्देश्यले राष्ट्र बैंकले खुलेआम बजार सञ्चालन (OMO) अन्तर्गत दीर्घकालीन निक्षेप संकलन, स्थायी निक्षेप सुविधा र अन्य उपकरणमार्फत रकम चुहावट नियन्त्रण गर्दै आएको छ।

क–ख–ग वर्गका संस्थालाई मात्र सहभागिता

आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले प्रस्तावित ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने संस्थालाई प्राथमिकता दिँदै ५० अर्बको आह्वान रकमसम्म क्रमशः निक्षेप बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

न्युनतम बोलकबोल गर्न मिल्ने रकम १० करोड रुपैयाँ तोकिएको छ। अधिकतम रकम भने ५ करोडका गुणकमा निःशेष भाग जाने गरी आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।

अनलाइन प्रणालीमार्फत बोलकबोल

बढ्दो निक्षेप चाप कम गर्न आजको प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन हुँदैछ। यसमार्फत निर्धारण हुने ब्याजदर र आह्वान रकमका आधारमा निक्षेप संकलन हुनेछ।

यस पटक संकलन हुने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी २०८३ फागुन ५ गते हुनेछ।

बढ्दो तरलता व्यवस्थापनका लागि दीर्घकालीन उपकरण

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अतिरिक्त तरलता देखा परेमा राष्ट्र बैंकले आवश्यकताअनुसार अधिकतम ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्छ।

यही व्यवस्थाअनुसार केन्द्रीय बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक दीर्घकालीन निक्षेप संकलनमार्फत बजारबाट रकम सोस्ने नीति अख्तियार गर्दै आएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending