विराटनगर । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्दै आइरहेको छ । तर यसको आडमा करोडौँ रुपैयाँ बराबरको राजस्व चोरी हुने गरेको तथ्य भन्सार विभागका दस्तावेजले संकेत गरेका छन्।
किसानले प्रतिमन (४० किलो) एक लाख रुपैयाँभन्दा बढी मूल्य पाइरहेको अवस्थामा व्यापारीहरूले निर्यात गर्दा वास्तविक मूल्यको आधा नै बिलमा देखाइने (न्यून बीजकीकरण) गरेको पाइएको छ। कम मूल्य घोषणा गर्नाले निर्यातकर्ताको नाफामा लाग्ने आयकर छली हुनका साथै वास्तविक कारोबार बराबरको रकम हुन्डीमार्फत भित्रिने गरेको समेत देखिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज मसान्तसम्म) भारततर्फ १,०७२ टन अलैँची निर्यात भएको छ। यसको भन्सार घोषणा मूल्य १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ मात्र उल्लेख छ । यसअनुसार प्रतिकिलो १,५६६ रुपैयाँमा बिलिङ गरिएको देखिन्छ।
तर सोही अवधिमा किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँ पाएका छन् । जसको औसत मूल्य प्रतिकिलो २,५०० रुपैयाँभन्दा बढी पर्छ। यसरी वास्तविक मूल्य र निर्यात घोषणा मूल्यमा ठूलो अन्तर देखिँदा करिब ३० प्रतिशत आइकर छली हुने गरेको जानकार स्रोत बताउँछन्।
कुनै–कुनै व्यापारीका अनुसार भारतीय भन्सार प्रक्रियाका कारण भारतीय व्यवसायीले वास्तविक मूल्य अंकित बिल लिन नमान्दा न्यून मूल्याङ्कन गर्न बाध्य हुने गरेको बताएका छन्।
भारतीय व्यापारीहरूले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा अलैँची खरिद गर्ने गरेको उनीहरूको दाबी छ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका एक कर्मचारी भन्छन्, “आयकर छल्नकै लागि न्यून बीजकीकरण गरिएको हुन सक्छ। नत्र धेरैमा किनेर थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता आउँदैन।”
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ बराबरको ४,३०० टन अलैँची निर्यात गरेको थियो। त्यसबेला किसान मूल्य र निर्यात मूल्यबीच विशेष अन्तर थिएन। तर यस वर्ष किसानले राम्रो मूल्य पाएर खुसी भए पनि देशले भने ठूलो राजस्व गुमाइरहेको अवस्था देखिएको छ। सँगै, अधिकांश किसानले नगद मार्फत भुक्तानी पाउने भएकाले पनि राजस्व अपचलनका गतिविधिलाई अवसर मिलेको संकेत देखिन्छ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत अर्जुन राईका अनुसार, “अलैँची निर्यातमा आयकर छली भएको विषय हाम्रो लागि नयाँ भए पनि अवास्तविक मूल्याङ्कन गम्भीर विषय हो।” मुख्य निर्यात नाका काँकडभिट्टा भन्सारका प्रमुख हरिहर पौडेल भन्छन्, “निर्यातकर्ताले घोषणा गर्ने मूल्य नै भन्सारले रेकर्डमा राख्ने गरेको छ। बजारमा बढी मूल्यमा कारोबार भएको भनाइ आए पनि स्वघोषित मूल्याङ्कन नै आधिकारिक मानिन्छ।”
नेपालमा उत्पादित अलैँचीले विश्व बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ। नेपालबाट ९५ प्रतिशत भारतमा निर्यात हुन्छ भने बाँकी तेस्रो मुलुकमा जाने गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: