Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

अलैँची निर्यातमा ठूलो परिमाणमा राजस्व चुहावट

खबरडबली संवाददाता

विराटनगर । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठूलो मात्रामा विदेशी मुद्रा आर्जन गर्दै आइरहेको छ । तर यसको आडमा करोडौँ रुपैयाँ बराबरको राजस्व चोरी हुने गरेको तथ्य भन्सार विभागका दस्तावेजले संकेत गरेका छन्।

किसानले प्रतिमन (४० किलो) एक लाख रुपैयाँभन्दा बढी मूल्य पाइरहेको अवस्थामा व्यापारीहरूले निर्यात गर्दा वास्तविक मूल्यको आधा नै बिलमा देखाइने (न्यून बीजकीकरण) गरेको पाइएको छ। कम मूल्य घोषणा गर्नाले निर्यातकर्ताको नाफामा लाग्ने आयकर छली हुनका साथै वास्तविक कारोबार बराबरको रकम हुन्डीमार्फत भित्रिने गरेको समेत देखिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज मसान्तसम्म) भारततर्फ १,०७२ टन अलैँची निर्यात भएको छ। यसको भन्सार घोषणा मूल्य १ अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपैयाँ मात्र उल्लेख छ । यसअनुसार प्रतिकिलो १,५६६ रुपैयाँमा बिलिङ गरिएको देखिन्छ।

तर सोही अवधिमा किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँ पाएका छन् । जसको औसत मूल्य प्रतिकिलो २,५०० रुपैयाँभन्दा बढी पर्छ। यसरी वास्तविक मूल्य र निर्यात घोषणा मूल्यमा ठूलो अन्तर देखिँदा करिब ३० प्रतिशत आइकर छली हुने गरेको जानकार स्रोत बताउँछन्।

कुनै–कुनै व्यापारीका अनुसार भारतीय भन्सार प्रक्रियाका कारण भारतीय व्यवसायीले वास्तविक मूल्य अंकित बिल लिन नमान्दा न्यून मूल्याङ्कन गर्न बाध्य हुने गरेको बताएका छन्।
भारतीय व्यापारीहरूले प्रतिमन १ लाख २० हजार रुपैयाँभन्दा बढीमा अलैँची खरिद गर्ने गरेको उनीहरूको दाबी छ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका एक कर्मचारी भन्छन्, “आयकर छल्नकै लागि न्यून बीजकीकरण गरिएको हुन सक्छ। नत्र धेरैमा किनेर थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता आउँदैन।”

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले ७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ बराबरको ४,३०० टन अलैँची निर्यात गरेको थियो। त्यसबेला किसान मूल्य र निर्यात मूल्यबीच विशेष अन्तर थिएन। तर यस वर्ष किसानले राम्रो मूल्य पाएर खुसी भए पनि देशले भने ठूलो राजस्व गुमाइरहेको अवस्था देखिएको छ। सँगै, अधिकांश किसानले नगद मार्फत भुक्तानी पाउने भएकाले पनि राजस्व अपचलनका गतिविधिलाई अवसर मिलेको संकेत देखिन्छ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत अर्जुन राईका अनुसार, “अलैँची निर्यातमा आयकर छली भएको विषय हाम्रो लागि नयाँ भए पनि अवास्तविक मूल्याङ्कन गम्भीर विषय हो।” मुख्य निर्यात नाका काँकडभिट्टा भन्सारका प्रमुख हरिहर पौडेल भन्छन्, “निर्यातकर्ताले घोषणा गर्ने मूल्य नै भन्सारले रेकर्डमा राख्ने गरेको छ। बजारमा बढी मूल्यमा कारोबार भएको भनाइ आए पनि स्वघोषित मूल्याङ्कन नै आधिकारिक मानिन्छ।”

नेपालमा उत्पादित अलैँचीले विश्व बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ। नेपालबाट ९५ प्रतिशत भारतमा निर्यात हुन्छ भने बाँकी तेस्रो मुलुकमा जाने गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending