जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफलपछि दुवै पक्षले वार्तालाई केही समयका लागि स्थगित गर्दै पुनः संवादलाई निरन्तरता दिने सहमति गरेका छन्।
शनिबार जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको वार्तामा आन्दोलनरत पक्षका माग, पछिल्लो घटनाक्रम तथा जिल्लाको शान्ति–सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको थियो। यद्यपि कुनै विषयमा तत्काल सहमति जुट्न नसकेपछि वार्ता जारी राख्ने निर्णय गरिएको हो।
वार्तापछि सञ्चारकर्मीसँग गृहमन्त्री गुरुङले छलफल असफल नभएको स्पष्ट पार्दै यसलाई केही समयका लागि स्थगित मात्र गरिएको बताए। उनका अनुसार दुवै पक्षले विश्रामपछि पुनः बसेर सहमतिका आधार खोज्ने प्रयासलाई अघि बढाउनेछन्।
यता हिन्दु सम्राट सेनाका प्रतिनिधिहरूले भने आफ्ना माग सम्बोधन हुने स्पष्ट सहमति नभएसम्म वार्ता सफल भएको मान्न नसकिने अडान दोहोर्याएका छन्।
वार्तामा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल, प्रतिनिधिसभा सदस्य मनिष झा, राजकिशोर महतो तथा बब्लु गुप्तालगायतको सहभागिता रहेको थियो।
सुनसरीको देवानगञ्ज घटनापछि मधेशका विभिन्न जिल्लामा हिन्दु सम्राट सेना र अन्य हिन्दुवादी सङ्गठनले आन्दोलन गर्दै आएका छन्। सोही आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले सरकारले वार्ताको पहल गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...
श्रावण १६ गते, २०८३ - २०:१८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...
श्रावण १६ गते, २०८३ - २०:०६
जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...
श्रावण १६ गते, २०८३ - २०:०३
कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...
श्रावण १६ गते, २०८३ - २०:००
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...
श्रावण १६ गते, २०८३ - १९:५४
काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...
श्रावण १६ गते, २०८३ - १९:५०
काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...



प्रतिकृया लेख्नुहोस्: