काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न भएको अस्थिर राजनीतिक अवस्थाबाट बाहिर निस्कन चुनाव नै प्रभावकारी उपाय भएको बताएका छन् ।
प्रचण्ड अनुसार, वर्तमान सत्ता–प्रशासनिक व्यवस्थाप्रति नागरिकको विश्वास घट्दै गएको परिस्थितिमा जनताबाट नयाँ जनादेश लिनु अपरिहार्य बनेको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ स्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार नै जोखिममा परेको टिप्पणी गरे । उनले त्यसको पुनःस्थापना र राजनीतिक दिशानिर्देशनका लागि अर्को विकल्प नभएकाले निर्धारित समयमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए ।
प्रचण्डका अनुसार, निर्वाचनलाई सफल बनाउन राष्ट्रिय राजनीतिक एकता आवश्यक छ । “कम्युनिष्ट घटक मात्र होइन, नेपाली कांग्रेससहितका सम्पूर्ण राजनीतिक शक्तिहरू एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,” उनले भने । दाहालले परिस्थितिले मागेमा फागुन २१ गतेको समयसीमा चुक्ने सम्भावना रहेको उल्लेख गर्दै आगामी वैशाखदेखि जेठको पहिलो सातासम्म कुनै पनि अवस्थामा ताजा जनादेशमा जानुपर्नेसमेत बताए ।
देशले लामो समयदेखि राजनीतिक अनिश्चितता झेलेर विकास र शासन व्यवस्थामा असर परेको उल्लेख गर्दै उनले थपे, “अस्थिरतालाई निकास दिएर देशलाई नयाँ गतिमा अघि बढाउन आवश्यक छ । जनताले विश्वास गर्ने स्थिर सरकार निर्माणका लागि चुनाव नै माध्यम हो ।”
प्रचण्डका अनुसार, मुख्य राजनीतिक दलहरूले आन्तरिक तयारी सुरु गरिसकेकाले निर्वाचनप्रति उत्साहपूर्ण वातावरण बन्दै गएको छ । नेपाली कांग्रेसलगायतका दलहरू सक्रिय तयारीमा लागिसकेको बताउँदै उनले नेकपा (एमाले) पनि सहभागी हुनेप्रति विश्वास व्यक्त गरे ।
“सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ, यसैमा सबैको भलो छ,” संयोजक प्रचण्डले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: