भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएको तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि वर्षौँदेखि सिँचाइ अभाव झेल्दै आएका स्थानीयवासीले सहज रूपमा खेतीपाती गर्न पाएका छन्। उर्वरभूमि हुँदाहुँदै पानीको अभावमा बाँझो बन्दै गएको करिब २१ घरपरिवारलाई पोखरीले सामूहिक सिँचाइको व्यवस्था मिलाएको हो।
निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईका अनुसार चाँपे टोलमा बनेका तीनवटा पोखरीले एकैचोटि सबै स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ। “सिँचाइ नभएकै कारण धेरै वर्षसम्म उत्पादन घटेको थियो, अब भने समस्या समाधान भएको छ,” राईले बताए।
प्रदेश सरकारको ३० लाखबाट निर्माण
श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटमा पोखरी निर्माण गरिएको हो। वडाको पहलमा बजेट व्यवस्था गराइएको र पोखरी बनेसँगै क्षेत्रको कृषियोग्य जमिन उपयोगमा आएको उनले बताए। “चाँपे क्षेत्र खेतीका लागि उपयुक्त छ, तर पानीको अभावले किसानहरूले समस्या बेहोर्दै आएका थिए,” उनले भने, “अब पोखरी निर्माणपछि समस्या अन्त्य भएको छ।”
नगदेबाली खेतीतर्फ आकर्षण
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार सिँचाइ विस्तारसँगै स्थानीय किसानहरू तरकारी तथा नगदेबाली उत्पादनमा आकर्षित भएका छन्। “हाम्रो गाउँपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ,” उपाध्यक्ष राईले भनिन्, “किसानलाई सहयोग गर्न पोखरी निर्माणदेखि प्लास्टिक पोखरी वितरणसम्मका कार्यक्रम सञ्चालन गरेका छौँ।”
उनका अनुसार सिँचाइ पुगेपछि कृषिमा आधारित आयआर्जनको सम्भावना अझ बढेको छ। सडक पहुँच राम्रो भएकाले बजारसम्म तरकारी पुर्याउन पनि सजिलो भएको बताइयो।
किसान उत्साहित
स्थानीय कृषक भरतबहादुर कार्की भन्छन्, “पोखरीको पानीले हामीले तरकारी र नगदेबाली सहजै गर्न थालेका छौँ। पहिले पानीको अभावले खेतीमै समस्या थियो।” पोखरी निर्माणसँगै वर्षौंदेखि सिँचाइका कारण पछि परेको खेतीपाती फेरि सञ्चालनमा आउन थालेको स्थानीयको अनुभव छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ १८ गते, २०८२ - ०८:४२
काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ बिर्ताटोलमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रब...
माघ १८ गते, २०८२ - ०८:४०
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहेको छ । गण्डकी, कर्णाल...
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...



प्रतिकृया लेख्नुहोस्: