Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

सुक्खा क्षेत्रमा रु ३० लाखमा तीन सिँचाइ पोखरी, २१ घरधुरी लाभान्वित

खबरडबली संवाददाता

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएको तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि वर्षौँदेखि सिँचाइ अभाव झेल्दै आएका स्थानीयवासीले सहज रूपमा खेतीपाती गर्न पाएका छन्। उर्वरभूमि हुँदाहुँदै पानीको अभावमा बाँझो बन्दै गएको करिब २१ घरपरिवारलाई पोखरीले सामूहिक सिँचाइको व्यवस्था मिलाएको हो।

निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईका अनुसार चाँपे टोलमा बनेका तीनवटा पोखरीले एकैचोटि सबै स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ। “सिँचाइ नभएकै कारण धेरै वर्षसम्म उत्पादन घटेको थियो, अब भने समस्या समाधान भएको छ,” राईले बताए।

प्रदेश सरकारको ३० लाखबाट निर्माण

श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटमा पोखरी निर्माण गरिएको हो। वडाको पहलमा बजेट व्यवस्था गराइएको र पोखरी बनेसँगै क्षेत्रको कृषियोग्य जमिन उपयोगमा आएको उनले बताए। “चाँपे क्षेत्र खेतीका लागि उपयुक्त छ, तर पानीको अभावले किसानहरूले समस्या बेहोर्दै आएका थिए,” उनले भने, “अब पोखरी निर्माणपछि समस्या अन्त्य भएको छ।”

नगदेबाली खेतीतर्फ आकर्षण

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार सिँचाइ विस्तारसँगै स्थानीय किसानहरू तरकारी तथा नगदेबाली उत्पादनमा आकर्षित भएका छन्। “हाम्रो गाउँपालिका सुक्खाग्रस्त क्षेत्रमा पर्छ,” उपाध्यक्ष राईले भनिन्, “किसानलाई सहयोग गर्न पोखरी निर्माणदेखि प्लास्टिक पोखरी वितरणसम्मका कार्यक्रम सञ्चालन गरेका छौँ।”

उनका अनुसार सिँचाइ पुगेपछि कृषिमा आधारित आयआर्जनको सम्भावना अझ बढेको छ। सडक पहुँच राम्रो भएकाले बजारसम्म तरकारी पुर्‍याउन पनि सजिलो भएको बताइयो।

किसान उत्साहित

स्थानीय कृषक भरतबहादुर कार्की भन्छन्, “पोखरीको पानीले हामीले तरकारी र नगदेबाली सहजै गर्न थालेका छौँ। पहिले पानीको अभावले खेतीमै समस्या थियो।” पोखरी निर्माणसँगै वर्षौंदेखि सिँचाइका कारण पछि परेको खेतीपाती फेरि सञ्चालनमा आउन थालेको स्थानीयको अनुभव छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending