काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा भैँसीको मासु प्रशोधन कारखाना मङ्सिर अन्तिम सातादेखि निर्माण सुरु हुने भएको छ। चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यसहित हिमालयन फुड इन्टरनेसनल प्रालिले डिजाइन सकाएर निर्माण चरणमा प्रवेश गरेको जानकारी दिएको छ।
२७ अर्ब ६४ करोड लगानी
कम्पनीका अनुसार परियोजनाको कुल लागत २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रूपैयाँ रहनेछ।
लगानी संरचना
२० अर्ब — कारखाना निर्माण तथा प्लान्ट स्थापना र ७ अर्ब — पशुपालन तथा कामदार आवास र घाँस खेती रहेकाे छ ।
कुल लगानीमध्ये २० अर्ब रूपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रूपमा भित्र्याइनेछ भने उद्योग विभागले यसअघि साउनमै उक्त लगानीका लागि अनुमति दिएको थियो।
फ्याक्ट्री निर्माणका तयारी तीव्र
हिमालयन फुडका अध्यक्ष डा. नवीन शर्माका अनुसार आवश्यक जग्गा डिजाइन र तयारी पूरा भइसकेको छ। “मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माण सुरु गर्छौं,” उनले भने।
अहिलेसम्म ५० करोड रूपैयाँ विदेशी लगानी भित्रिसकेको र बाँकी लगानी चरणबद्ध रूपमा आउने कम्पनीले जनाएको छ।
५५ बिघामा आधुनिक प्रसोधन केन्द्र निर्माण पछि ५,१५६ जनाले रोजगारी पाउनेछन्। उद्योग विभागलाई बुझाइएको विवरणअनुसार सञ्चालनपछि दैनिक ५,००० राँगा/भैँसी प्रशोधन हुने छ भने कारखानाले दैनिक ५ सय मेट्रिक टन मासु निर्यात क्षमता राख्ने छ ।
वार्षिक २ लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट उत्पादन हुने र ५५ हर मेट्रिक टन सह–उत्पादन हुने बताइएकाे छ । सिन्धुलीमा प्रशोधित मासु काठमाडौँ हुँदै केरुङ नाका मार्फत चीन पठाइनेछ।
किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनतर्फ आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको कम्पनीले जनाएको छ। यस्तै बर्दियाको गुलरियामा घाँस (फोडर) उत्पादन सुरु भइसकेको छ।
८ महिनामा निर्माण सक्ने योजना
कम्पनीका अनुसार फ्याक्ट्री निर्माण दुई सिफ्टमा गरी ८ महिनाभित्र सम्पन्न गरिनेछ। असोजमा ढुङ्गा–गिट्टी तथा बालुवा निकाल्न नपाएकाले केही ढिलाइ भएको तर एक वर्षभित्र निर्यात सुरु गर्ने लक्ष्य रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...
श्रावण १६ गते, २०८३ - २१:३३
कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...



प्रतिकृया लेख्नुहोस्: