काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकामा भैँसीको मासु प्रशोधन कारखाना मङ्सिर अन्तिम सातादेखि निर्माण सुरु हुने भएको छ। चीनमा प्रशोधित भैँसीको मासु निर्यात गर्ने उद्देश्यसहित हिमालयन फुड इन्टरनेसनल प्रालिले डिजाइन सकाएर निर्माण चरणमा प्रवेश गरेको जानकारी दिएको छ।
२७ अर्ब ६४ करोड लगानी
कम्पनीका अनुसार परियोजनाको कुल लागत २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार रूपैयाँ रहनेछ।
लगानी संरचना
२० अर्ब — कारखाना निर्माण तथा प्लान्ट स्थापना र ७ अर्ब — पशुपालन तथा कामदार आवास र घाँस खेती रहेकाे छ ।
कुल लगानीमध्ये २० अर्ब रूपैयाँ चीनको छेङ्दु जियान फुड लिमिटेडबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) रूपमा भित्र्याइनेछ भने उद्योग विभागले यसअघि साउनमै उक्त लगानीका लागि अनुमति दिएको थियो।
फ्याक्ट्री निर्माणका तयारी तीव्र
हिमालयन फुडका अध्यक्ष डा. नवीन शर्माका अनुसार आवश्यक जग्गा डिजाइन र तयारी पूरा भइसकेको छ। “मङ्सिर अन्तिम सातादेखि फ्याक्ट्री निर्माण सुरु गर्छौं,” उनले भने।
अहिलेसम्म ५० करोड रूपैयाँ विदेशी लगानी भित्रिसकेको र बाँकी लगानी चरणबद्ध रूपमा आउने कम्पनीले जनाएको छ।
५५ बिघामा आधुनिक प्रसोधन केन्द्र निर्माण पछि ५,१५६ जनाले रोजगारी पाउनेछन्। उद्योग विभागलाई बुझाइएको विवरणअनुसार सञ्चालनपछि दैनिक ५,००० राँगा/भैँसी प्रशोधन हुने छ भने कारखानाले दैनिक ५ सय मेट्रिक टन मासु निर्यात क्षमता राख्ने छ ।
वार्षिक २ लाख मेट्रिक टन प्रोसेस्ड बफेलो मिट उत्पादन हुने र ५५ हर मेट्रिक टन सह–उत्पादन हुने बताइएकाे छ । सिन्धुलीमा प्रशोधित मासु काठमाडौँ हुँदै केरुङ नाका मार्फत चीन पठाइनेछ।
किसानलाई व्यावसायिक र रोगमुक्त भैँसीपालनतर्फ आकर्षित गर्न देशभर भैँसीपालक समूह गठन गरिएको कम्पनीले जनाएको छ। यस्तै बर्दियाको गुलरियामा घाँस (फोडर) उत्पादन सुरु भइसकेको छ।
८ महिनामा निर्माण सक्ने योजना
कम्पनीका अनुसार फ्याक्ट्री निर्माण दुई सिफ्टमा गरी ८ महिनाभित्र सम्पन्न गरिनेछ। असोजमा ढुङ्गा–गिट्टी तथा बालुवा निकाल्न नपाएकाले केही ढिलाइ भएको तर एक वर्षभित्र निर्यात सुरु गर्ने लक्ष्य रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १२:०५
काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्द...
मंसिर २० गते, २०८२ - १२:०२
काभ्रे । अपाङ्गता भएका व्यक्तिहरूका लागि सार्वजनिक यातायात अझै सहज छैन। बनेपाका दृष्टिविहिन मिलन विश्वकर्मा र धुलिखेलका स्पाइनल इन्जुरी भोगिरहेका कृष्...
मंसिर २० गते, २०८२ - ११:५७
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको ...
मंसिर २० गते, २०८२ - ११:२८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्री...
मंसिर २० गते, २०८२ - ११:२०
काठमाडाैं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा दलित क्लस्टरलाई अलग्गै राखेर मतदान गराइएको भन्दै दलित नेतासहित केही कार्यकर...
मंसिर २० गते, २०८२ - ११:१३
काठमाडौं। आगामी निर्वाचनको तयारीबारे जानकारी गराउन निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई सर्वपक्षीय बैठकमार्फत ब्रिफिङ दिन लागेको छ। शुक्रबार द...
मंसिर २० गते, २०८२ - ११:११
राजविराज । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा नेपाल खानेपानी संस्थानले एक करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको पम्प स्टेसन ६ वर्ष बितिसक्दा पनि सञ्...
मंसिर २० गते, २०८२ - ११:०७
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाभित्र पर्ने महेन्द्र र त्रिभुवन राजमार्गको सडक सीमा (केन्द्र रेखादेखि २५–२५ गज) भित्र रहेका घर, टहरा र ...
मंसिर २० गते, २०८२ - ११:०३
बाजुरा । बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्चेर बनाइएका भवन चार वर्षदेखि प्रयोगविहीन छन्। पालिकाले ती...
मंसिर २० गते, २०८२ - १०:५३
काठमाडौं । लगातार दुई वर्षदेखिको भीषण बाढी–पहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीले काभ्...




प्रतिकृया लेख्नुहोस्: