म्याग्दी । प्रमुख खाद्यान्नबाली धानको उत्पादन म्याग्दीमा यो वर्ष बढेको छ। गत वर्षको तुलनामा धान उत्पादन ३.१ प्रतिशतले वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार अनुकूल मौसम, रोग–किराको प्रभाव नदेखिनु, भित्र्याउने समयमा असिना नपर्नु र बेमौसमी वर्षाको न्यून असरले उत्पादन बढ्न मद्दत गर्यो।
“धान रोप्नेदेखि हुर्काउने समयसम्म पर्याप्त वर्षा भयो, भित्र्याउँदा पनि मौसम सफा रह्यो। रोग–किरा र असिनाको समस्या नदेखिएकाले उत्पादन वृद्धि भएको हो,” बास्तोलाले भने।
बेमौसमी वर्षाले कात्तिक दोस्रो साता केही स्थान प्रभावित भए पनि ठूलो क्षति भने भएन।
जिल्लाभर ३,८०६ हेक्टर क्षेत्रमा हुने धानखेतीबाट गत वर्ष प्रतिहेक्टर ३.५९ मेट्रिकटनका दरले १३,६६३ मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष भने प्रतिहेक्टर ३.७० मेट्रिकटनका दरले १४,०८७ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ।
बाली कटान विधिबाट संकलित तथ्यांकअनुसार गौरीया, गुडुरा, जेठोबुडो, जर्नेली, पहेँले, मार्सी, शङ्कर, युएस–३१२लगायत जात यहाँका मुख्य धान हुन्। भिरालो जमिनमा सिँचाइबिनै उब्जने घैया जात लेकाली क्षेत्रमा लोकप्रिय रहे पनि पछिल्लो समय उन्नत जातप्रतिको आकर्षण बढेपछि रैथाने जातको खेती घट्दै गएको कृषि प्रसार अधिकृत गङ्गा लामिछाने बताउँछिन्।
रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दानामा धानखेती हुन्छ। तर धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा अन्नपूर्ण–शिख र राम्चे क्षेत्रमा चिसोका कारण धान खेती हुँदैन।
मङ्गला–२ सिमका किसान ध्रुव केसीले यस वर्ष ११० मुरी धान उत्पादन भएको बताए। “गत वर्ष १०० मुरी मात्र थियो। मौसमले साथ दिएकोले उत्पादन बढेको हो,” उनले भने।
गण्डकी प्रदेश सरकारले धानलगायत खाद्यान्नबाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। गत वर्ष रु १० लाख विनियोजन भएको बजेट चालु आवमा बढेर रु १५ लाख पुगेको छ। कार्यक्रमअन्तर्गत सिँचाइ, पूर्वाधार विस्तार तथा यान्त्रीकरणमा सहयोग प्रदान गरिँदै आएको छ।
स्थानिय तहमार्फत कोटा निर्धारण गरी रासायनिक मल आपूर्ति सुव्यवस्थित भएपछि किसानले मल अभावको समस्या झेल्नु परेको छैन। तर रैथाने बालीको खेती घट्दै जानु, क्षेत्रफल विस्तारमा समस्या र जनशक्तिको कमी भने धान उत्पादनका प्रमुख चुनौती बनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - ०८:५८
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...
पौष १२ गते, २०८२ - ०८:५४
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...
पौष १२ गते, २०८२ - ०८:५२
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...
पौष १२ गते, २०८२ - ०८:२३
अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...
पौष १२ गते, २०८२ - ०८:२३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...
पौष १२ गते, २०८२ - ०७:५४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...
पौष १२ गते, २०८२ - ०७:५२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...
पौष १२ गते, २०८२ - ०७:५१
काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...
पौष १२ गते, २०८२ - ०७:३८
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...




प्रतिकृया लेख्नुहोस्: