Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जेन–जेड पुस्ताको निसानामा महेश बस्नेत

जहाँ पुग्छन् बस्नेत त्यहाँका युवा सडकमा उत्रँददै

खबरडबली संवाददाता

काठमाडौं । जेन–जेड आन्दोलनपछि देशको राजनीतिक मैदानमा अर्को तहको भिडन्त सुरु भएको छ— एकातिर जेन–जेड पुस्ताको तीव्र असन्तोष, अर्कोतिर एमाले नेता महेश बस्नेतको आक्रामक भाष्य। यही टकरावले बस्नेतलाई अहिलेको राजनीतिक वातावरणमा जेन–जेड युवाहरूको सबैभन्दा प्राथमिक टार्गेट बनाइरहेको छ।

बुधबार बिहान धनगढीमा दर्जनौँ जेन–जेड युवाहरू प्लाकार्ड, सिटी तथा स्लोगनसहित सडकमा उत्रिए। उनीहरूको आक्रोश स्पष्ट थियो, “बस्नेतको दम्भ र धम्कीप्रतिको प्रतिवाद।”

बस्नेतले जेन–जेड आन्दोलनलाई प्रायः हेला र व्यंग्यात्मक शैलीमा टिप्पणी गर्दै आएका छन् । उनले विभिन्न सभामा आन्दोलनलाई “विदेशी प्रेरित”, “अनुशासनहीन” र “राजनीतिक रूपमा अयोग्य” जस्ता शब्द प्रयोग गरेका छन् । यही अभिव्यक्तिले जेन–जेड युवाभित्र थप असन्तोष भरिएको देखिन्छ।

बारादेखि सुर्खेतसम्म : बस्नेतविरुद्धको विरोध फैलिँदै

जेन–जेड युवाको बस्नेतविरुद्धको प्रदर्शन कुनै एक–दुई घटनामा सीमित छैन। ४ मंसिरमा परवानीपुर (बारा)मा  बस्नेत आउने जानकारी बाहिरिएपछि युवाले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरे। सिमरा क्षेत्र दुई दिनसम्म तनावमा रह्यो।

७ मंसिरमा विराटनगरबाट इटहरी जाँदै गरेकाे बस्नेत सवार गाडीमा दुई युवाले रातो रङले भरिएको बेलुन प्रहार गरे।

मङ्गलबार, सुर्खेतमा बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै स्थानीय युवाले पुनः प्रदर्शन गरे र  आज धनगढीमा पुनः बस्नेतविरुद्ध प्लाकार्डसहित युवाहरु सडक प्रदर्शनमा उत्रिए ।

बस्नेत जहाँ–जहाँ जाँदै छन्, त्यहीँ–त्यहीँ जेन–जेड समूह स्वतःस्फूर्त रूपमा सडकमा उत्रिन थालेको सुरक्षा स्रोतहरू पनि बताउँछन्।

जेन–जेड आन्दोलनपछि बस्नेत किन मुख्य निसाना बने?

२३–२४ भदौको जेन–जेड आन्दोलनबाट एमाले नेतृत्वको सरकार भत्किएपछि पार्टीभित्रै केही नेता “जेन–जेड विरुद्धको प्रतिशोधी अभियान” चलाइरहेको जेन–जेड समूहको आरोप छ।

त्यसमध्ये सबैभन्दा अग्रमोर्चामा बस्नेत छन्।  उनी जेन–जेड आन्दोलनलाई “राज्यविरोधी” भनेका छन्। आन्दोलनमा सहभागी युवालाई “राजनीतिक अपरिपक्व” भन्ने भाष्य दोहोर्‍याएका छन्। आफ्नो भाषणहरूमा उनी जेन–जेडको संगठन संरचना तथा नेतृत्वलाई खुला चुनौती दिँदै आएका छन्।

यही कारणले युवा पुस्ताले उनलाई “क्लासिकल राजनीतिक अहंकारी सोचको प्रतिनिधि” का रूपमा हेर्न थालेको विश्लेषकहरूको धारणा छ।

जेन–जेड युवा : ‘बस्नेतको राजनीति पुरानो पुस्ताको अहंकार’

धनगढीमा आज प्रदर्शन गरिरहेका केही युवाले बस्नेतविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । एक युवाले भने, “हामीले परिवर्तनको आन्दोलन गर्‍यौँ, उनीहरू पुरानो अहंकार बोकेर धम्की दिन थाले। हामी डराएर बस्ने पुस्ता होइन।”

अर्का युवाका अनुसार बस्नेतको आक्रामकता जति बढ्दै गएको छ, जेन–जेडको प्रतिरोध पनि उति बढ्दै गएको छ।

राजनीतिक जोखिम : बस्नेत–जेनजेड द्वन्द्व अझ बढ्दै?

राजनीतिक विश्लेषकहरू अहिलेको अवस्थालाई सामान्य प्रदर्शनभन्दा ठूलो राजनीतिक संकेत मान्दै छन्।

बस्नेत जति आक्रामक छन्, जेन–जेड पुस्ता त्यति नै थप संगठित हुँदै गएको देखिन्छ। यदि दुवै पक्षको भिडन्त यस्तै बढ्दै जाने हो भने, आगामी महिना बढी तनावपूर्ण राजनीतिक वातावरण देखिन सक्ने विश्लेषण गरिन्छ।

जेन–जेडको विरोधले बस्नेतलाई नै ‘औपचारिक प्रतिपक्षी’ बनाउँदै

कुनै नेताविरुद्ध युवाहरू यति व्यापक रूपमा सडकमा निस्किनु सामान्य घटना होइन।बस्नेतविरुद्धका प्रदर्शनहरू एक–दुई समूहको मात्र गतिविधि नभई अब राष्ट्रिय स्तरको युवा प्रतिरोध बन्दै गएको छ।

यसले बस्नेतलाई जेन–जेड आन्दोलन विरुद्धको प्रमुख ‘राजनीतिक प्रतिपक्षी’का रूपमा स्थापित गरिरहेको स्पष्ट हुन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending